निर्दोष रबिलाई नछाडे यो सरकार ढाल्ने गायक भिम कुसारीको चेतावनी,आन्दोलनकारीहरुकै अगाडी सडकमा यस्तो मार्मिक गित बन्यो, (तलको भिडियो हेरौं )
कलाखबर संवाददाता,६,भदौ–काठमाण्डौं । पत्रकार रबि लामिछानेको म्याद थपेको समय सकिदै जादा झन आन्दोलन चर्किदै गएको छ । आन्दोलनले उग्र रुप लिए पछि गायक भिम कुसारी पनि सडकमा नै उत्रिएर निर्दोष रबिलाई नछाडे यो सरकार ढाल्ने चेतावनी दिए । लाखौ जनताले छाती ठोक्दै रबिलाई रिहाई नगरे हामीलाई पनि मार भन्दै गर्दा गायक भिम कुसारीले रबिको पक्षमा मार्मिक गित सृजना गर्न ब्याए ।
यो कुनै काल्पनिक र बनावटी नभएर तीन करोड नेपालीको आवाज मिसिएको यथार्थ गित बनेको छ । एकातिर पत्रकार रबि लामिछानेका सर्मथकहरु जेल फोडेर प्रहरी चौकीमा बम पडकाउने चेतावनी दिई रहेका छन् भने अर्काेतिर गायक भिम कुसारी र होम धिताल जनताको आवाजरुपी गितमा अभिनय गर्दै आन्दोलनकारीलाई शितलता दिने कोशिस गरि रहेका छन् ।
भिम कुसारीको शब्द लय र लक्षु प्रकाश मल्लको संगित रहेको गितलाई होम धिताल फिल्मस पा. लि. ले बजारमा ल्याएको छ । होम धितालको निर्देशन तथा मरुभूमि नारायणको छाँयाङ्कन रहेको सुमधुर गितको भिडियोलाई रोशन धितालले सम्पादन गरेको छ । गायक भिम कुसारी र निर्देशक होम धिताल आफैले अभिनय गरेका यो भिडियो निकै चर्चाको बिषय बनेको छ ।
यो भिडियोलाई होम धिताल फिल्मस पा.लि.ले आफ्नो युटयूब च्यानलमा आपलोड गरेको छ । खबरदारी र सन्देशमुलक यो भिडियो आम नेपालीको रोजाईको विषय बनेको छ ।