Logo

नेकपाको पार्टी अध्यक्ष प्रचण्डलाई जिम्मा, अब पार्टी बैठक प्रचण्डले चलाउने


कलाखबर संवाददाता,५,भदौ–काठमाण्डौं । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यवाहक पार्टी अध्यक्ष बनाएको छ । यो भन्दा अगाडीको पार्टी बैठकमा दुवै अध्यक्षले जिम्मेवारी सम्हाले पनि महत्वपूर्ण विषयमा भने ओली आफैले नै निर्णय गर्दै आएका थिए ।

ओली आप्mनो स्वास्थ्य उपचारका लागि सिंगपुर जाने भएसँगै अब भने आफ्नो अनुपस्थितिमा पनि सचिवालय बैठक संचालन अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री ओली सिंगापुर रहेका बेला सचिवालय बैठक संचालन गरी आवश्यक निर्णय गर्न सक्ने अधिकार अध्यक्ष दाहाललाई दिएको हो ।

प्रभक्ता नारायणकाजी श्रेष्ठले उपचारको क्रममा प्रधानमन्त्री ८ देखि १० दिन सिंगापुरमा नै रहने र सो अवधिमा सांगठनिक एकिकरण लगायत अरु आवश्यक विषयमा अर्का अध्यक्ष दाहालको नेतृत्वमा सचिवालय बैठक बस्ने र आवश्यक निर्णय लिने सहमति सचिवालय बैठकमा भएको जानकारी दिए ।

प्रधानमन्त्री ओली र दाहाल दुवै पार्टी अध्यक्ष भए पनि बैठकको अध्यक्षता र बैठक आव्हानको अधिकार प्रधानमन्त्री ओलीमा निहित रहदै आएको थियो । सहमतिपछि अब भने प्रधानमन्त्रीको अनुपस्थितिमा अध्यक्ष दाहालले बैठक आव्हानको साथै बैठकको अध्यक्षता गर्ने भएका छन् । बैठकले प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्