Logo

शनिबार चार साहित्यक स्रष्टा गुञ्जिए,हलभरी छायो रमाईलो माहोवल र ताली


कलाखबर संवाददाता,३,भदौ काठमाण्डौं । राजधानी काठमाण्डौंको लाजिम्पात डिल्लीरमन पुस्तकालयमा शनिबार चार साहित्यक स्रष्टा गुञ्जिएका छन् । गतिशिल साझा साहित्य आवाजले सो कार्यक्रमलाई आयोजना गरेको थियो । कार्यक्रममा गजलकार मानुषी रेग्मी, मुक्तककार ऋषि सापकोटा,कवि विनोद खत्री र गजलकार निर्दोष क्षेत्रीले रोचक कविता, गजल र मुक्तक वाचन गरेर सुनाएका थिए ।

यी चार स्रष्टाहरुले साहित्यको मीठास रस पस्किरहदा हलभरि वावा र ताली फर्फराएका थिए । स्रष्टाहरुको साहित्य धुन हलमा गुञ्जिदा साहित्य पारखी र दर्शकहरु निकै उत्साहित देखिएका थिए । सोही अवसरमा नव प्रतिभा साहित्य पारखी मनहरुले पनि आ–आफ्नो रचना वाचन गरेर सुनाएका थिए ।

साहित्य अनुराँगीहरुको बाग्लो उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा विभिन्न विधाका साहित्य पारखी मनहरुको उपस्थिति रहेका थिए । सोही अवसरमा अभिलाषा संयुक्त गजल संग्रह पनि विमोचन गरिएको थियो ।

यसै कार्यक्रमको बिच चार स्रष्टा लगायत विभिन्न साहित्य जगतका ब्यतित्वहरुलाई सम्मान पनि गरिएका थिए । दर्शकहरुको बाग्लो उपस्थितिलाई सम्बोधन गर्दै साहित्यकार राजन न्यूपानेले आकर्षक ढङ्गबाट कार्यक्रमलाई सञ्चालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्