Logo

देशमा राजाबादीहरुको चहलपहल तीव्र भईरहेका बेला,दादागिरी गर्दै प्रहरी अधिकृत माथी पारसको आक्रमण


कलाखबर संवाददाता,३,भदौ–काठमाण्डौं । देशमा गणतन्त्र स्थापना भएको केही बर्षमा नै सट्टा चलाउनेहरु असफ भएपछि राजाबादीहरुको निकै बाग्लो चहलपहल हुन थालेको छ । राजनीतिक दलहरुले देशको विकास र जनताको चाहाना पुरा गर्न नसेको आरोप लगाउदै केही राजाबादीहरुले अब देश चलाउन राजा आउनु पर्ने माग सहित आन्दोलन गर्न थालेका छन् ।

राजा आऊ देश बचाऊ,हाम्रो राजा होम्रोे देश प्राण भण्दा प्यारो छ भन्दै केही दिन मात्र राजधानी काठमाण्डौंको नारायण हिटी राजदरबार राजाबादीहरुले घेराउ गरेका थिए । पूर्व राजा ज्ञानेन्द्रको फोटो सहितको ब्यानर बोकेर राजाबादीहरुले केही दिन अगाडी मात्रै नाराबाजी गरेका हुन् । त्यसको आँट र डम्ब देखाउदै पारस शाहले भने रामैसँग मौकाको फाईदा उठाई रहेका छन् ।

जसको परिणाम शाहले आईताबर मात्र ओर्दीमा बसेका एक प्रहरी अधिकृत माथी दुब्र्यवहार गरेको भिडियो यतिखेर सामाजिक सञ्जालमा छयाँप्छँयाप्ती आई रहेको छ । आमा कोमल राज्य लक्ष्मी शाहलाई बिदाई गर्न आईतबार एयरपोर्ट पुगेका शाहले आफ्नो छोरा हृदयन्द्र र भाञ्जा पार्थक सिंह प्रति प्रहरीले अवहेलना गरेको भन्दै पारसले छातीमा समातेर प्रहरी अधिकृतलाई धकेलेको हो ।

पारसले थाइल्याण्डमा रहेका बाबु ज्ञानेन्द्र भेट्न जान लागेकी आमा कोमल र छोराछोरीलाई विमानस्थलमा बिदाइका लागि गएका बेला प्रहरीका नायब निरीक्षक सई माथि हात उठाएको घटना बाहिर आएपछि त्यसको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्