Logo

एसपी दानबहादुर मल्ललाई निलम्बनको माग सहित आईतबार राजधानी काठमाण्डौंमा रबि लामिछानेका सर्मथकहरुद्वारा विशाल जुलुस (पुरा विवरण भिडियोमा हेर्नुहोला)


कलाखबर संवाददाता,२,भदौं–काठमाण्डौं । आईतबार राजधानी काठमाण्डौंमा न्यूज 24  टेलिभिजनका कुसल प्रोस्तोता रबि लामिछानेका सर्मथकहरुले विशाल जुलुस निकालेका छन् । रवि लामिछानेका पूर्व सहकर्मी स्व शालिग्राम बुढा सैनीले चितवनको कंगारु होटलमा साउन २३ गते झुण्डिएर आत्मा हत्या गरेका थिए । सोहि विषयलाई लिएर अनुसन्धानका लागि भन्दै प्रत्रकार रबिलाई प्रहरीले नियन्त्रणमा लिए पछि उक्त घटनाले उग्रता लिएको हो ।

देश ब्यापी रुपमा नै रबि लामिछानेकोे पक्षमा प्रदर्शन र जुलुस निकाल्न थालिएको छ । आईतबार विभिन्न नाराका साथ रबिका सर्मथकहरु माईतीघर मण्डलामा उत्रिएका थिए । उनीहरुले प्रधान मन्त्रि ओली र चितवन प्रहरी कार्यलयका प्रमुख एसपी दान बहादुर मल्लको विरुद्धमा चर्काे नाराबाजी गरेका थिए । एसपी मल्ल मुर्दाबाद,एसपी मल्ल होरियार र मल्ललाई निलम्बन गर जस्ता नाराजुलुस गरेका थिए ।

साथै प्रधान मन्त्रि केपी ओलीको विषमा पनि मुर्दाबाद र गद्धार नेता चाईदैन जस्ता नारा घन्काएका थिए । रबि लामिछानेकोे पक्षमा निश्पक्ष छानबिन गर्नुपर्छ भनेर यतिखेर आमजनसागर सडकमा उर्लिएको छ । रबिको शरीरमा निल डाम देखिएको र डोरीमा झुण्डिएको मृतकको घाटीँ तन्किएको अवस्थामा हुनुपर्ने किन घाटीँ खुम्चियो भनेर पनि आम जनमानस र रबि सर्मथकको प्रश्न रहेको छ ।

यतिखेर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु पनि आई रहेका छन् । एकातिर निलडाम भएको मृतकको शरीरलाई पोष्टमार्टम नगरी किन हतार हतार जलायो ? र भिडियो सार्वजनिक गर्नेलाई किन अनुसन्धानको डायरामा ल्याएन भनेर पनि प्रहरीको कार्यशैली प्रति नै प्रश्न उठाउन थालिएको छ । केहि दिन अगाडी पाँच दिनका लागि अनुसन्धानको म्याड थपिएको थियो । जुन समय सिमा सोम्बार सकिदैछ ।

प्रतिक्रिया दिनुहोस्