Logo

चलचित्र जगतमा राज चाम्लिङको छवि चुलिदै,यसरी गरे कलाकारिता जीवनको यात्रा


कलाखबर संवाददाता,२८,साउन–काठमाण्डौं । पूर्वीय नेपालको पाँचथर फिदिम्मा जन्मेका राज चाम्लिङ एक बहुमुखी प्रतिभाशाली छवि भएका कलाकार हुन् । सानै उमेरदेखि गति संगित तथा कलाकारिता जगतमा रमाउने सुनौलो सपना बोकेका राई वि. स. (२०६६ सालबाट लिम्बु संस्कृतिमा आधारित फिल्म “सुर्केफुङ” को निर्देशन यात्रा बाट यस क्षेत्रमा प्रवेश गरेका हुन् । प्रकृतिको काखमा रमाउन र मिलनसार व्यवहारले हजारौ दर्शकको मनलाई मोहनी लगाउन सक्ने गुण भएका चाम्लिङ्ले छोटो समयमा नै मोफसलबाट छलाङ् मार्दै नेपाली चलचित्र जगतमा नै ठूलो फन्को मारेको छ ।

चलचित्र उधोगमा छुट्टै पहिचान स्थापित गर्ने लक्ष्यका साथ यतिखेर उहाँ पूर्ण तयारीमा जुतेका छन् । जसको उदाहरण हो, भर्खरै मात्र सुम्हालुङ फिल्मस प्रा.लि.को व्यानरमा प्रेमराज लावतिद्वारा निर्मित नेपाली कथानक”चलचित्र बैनाबट्टा” मा निदेर्शन गरि सकेका छन् । विभिन्न म्यूजिक भिडियो,डकुमेन्ट्री,लघु चलचित्र,सर्ट मुभी जस्ता सयौ भिडियोहरुमा निर्देशन गरि सकेका चाम्लिङले अहिले भने ठुलै मुभीमा डेब्बु गरेका हुन् । ठूलो पर्दाको मुभीमा पहिलो चोटी आफ्नो क्षेमता प्रर्दशित चलचित्र बैनाबट्टालाई चाडै नै प्रदर्शन गर्ने तयारीमा लागि परेको निर्देशक चाम्लिङले बताए ।

चलचित्र जगतमा राम्रै अनुभव बटुलिसकेका चाम्लिङ फेरि छिट्टै नयाँ चलचित्रको तयारीमा लाग्ने भएका छन् । अव निर्माण हुने ब्यबसायिक चलचित्रको नाम तय नभई सकेपनी स्क्रिप्ट लेखन र गीत रेर्कडिङको काम भाईरहेको चाम्लिङले जानकारी दिए । बहुमुखी प्रतिभाको धनि राज चाम्लिङ निर्देशक मात्र नभएर संगितकार,गितकार,रचनाकार तथा कथा वस्तुलाई मीठो भाषा शैलीमा ढाल्न सक्ने खुबी भएका एक कथाकार पनि हुन् । यसको ज्वलन्त उदाहरण हो बैनाबट्टा चलचित्रमा कथा लेखन, निर्देशन,शब्द संगित समेत आफैले नै गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्