Logo

युटयूब र फेसबुकले आधिकारिक मिडियाको बदनाम


राज कुमार राई
कला संगम मल्टि मिडिया प्रा.लि.

साउन,२७–काठमाण्डौं । खास भन्ने हो भने पहिलो कुरा, फेसबुक र युटयूबलाई आधिकारिक रुपमा मिडिया नै भन्न मिल्दैन । दोस्रो कुरा यी दुवै माध्यम प्रयोग कर्तालाई पत्रकार भन्न पनि मिल्दैन । त्यो त एउटा सामाजिक सञ्जाल मात्र हो भने यो सञ्जालको प्रयोग गर्नेलाई सामाजिक सञ्जाल प्रयोगकर्ता मात्र भन्न मिल्छ । वास्तविक मिडिया भनेको त्यो हो कि जुन नेपाल सरकारको सूचिमा सूचिकृत अर्थात सञ्चार मन्त्रालयबाट अधिकार लिएको हुनुपर्छ र पत्रकारिता जगतको आचार संहिता बुझेको हुनुपर्छ ।

त्यस्तो संस्था, कम्पनी अथार्त कुनै पनि मिडिया हाउस र समाचार एजेन्सिहरुमा काम गर्ने अधिकार र अनुमति पाएका कमर्ठशील ब्यक्तिलाई मात्र पत्रकारको संज्ञा दिनु मिल्छ । तर पत्रकारिता विषय नै नपढेका र सामाजिक सञ्जाल प्रयोग कर्तालाई पत्रकार मान्न थाल्यो भने पत्रकारिता विषय अध्यन गरेका र आधिकारिक मिडिया हाउसमा काम गर्नेलाई के भन्ने ?

पत्रपत्रिका,रेडियो र टेलिभिजनहरुले आधारबिनाको समाचार प्रकाशन र प्रशासरण गर्न कुनै आँट गरेकोे छैन तर युटयूपेहरु आचार संहिताको मर्यादाई ख्यालै नगरी हचुवाको तालमा हावादारी गफ दिन थाल्छन् । झुटो कुरा र शीर्षक बाङगोटिङगो बनाई भ्रम फैलाउने काम गर्दछन् । अश्लिल र अर्काको चरित्रलाई हत्या हुने खालको सामाग्री प्रयोग गर्छन ।

जसको परिणाम र दोष बने सच्चा मिडिया र वास्तविक सञ्चारकर्मीले भोक्नु पर्ने हुन्छ । अहिले युटयूब चलाउनेलाई वरिष्ठ पत्रकारको उपाधि दिन थालिएका छन् । सत्यतथ्य र आधारहिन कुरा खोतलेर पिडितको घाउँलाई झन पिडा दिने काम यो सञ्जालले गरि रहेको छ ।

यो अवस्थामा सरकार चुप लागेर बस्नु विडम्वना हो । आधिकारिक मिडिया हाउसले चाँही सरकारलाई कर तिर्नु पर्ने रे अनि यो बिना फोकटकोे झोले सञ्जालाई चाहिँ छुट दिनृु पर्ने ? तत्काल यसको पनि नियम बनाऊ सरकार !

 

प्रतिक्रिया दिनुहोस्