Logo

आदिबासी चलचित्र बिकास बोर्डद्वारा तीन दिने क्षेमता विकास तालिम सम्पन्न


कलाखबर सम्बाददाता,१६, श्रावन – काठमाण्डौ । आदिवासी जनजाती मातृभाषा चलचित्र बिकास बोर्ड तथा प्रर्वदन समितिद्वारा तीन दिने क्षेमता विकास तालिम सम्पन्न गरिएको छ । गत १३ गते सोम्बारबाट धुलिखेल स्थित इको रिर्सटमा सञ्चालित सो तालिम बुधबार समापन गरिएको हो । तीन दिने क्षेमता सीप विकास तालिमसँगै आदिवासी जनजाती चलचित्रकर्मी संघले संस्थाहरुको रणनीति तथा योजना समेत प्रतुत गरेका थिए ।

आदिबासी,जनजाती चलचित्र महासंघको छाता संघठन भित्र रहेको भाषिक १४ वटा संस्थहरु मध्ये ११ वटा संस्थाका पदाधीकारीहरु सहभागी रहेका थिए । आदिवासी जनजाती मातृभाषा चलचित्र पर्वद्धन समितिको संयोजक सुर्य प्रकास चेम्जोङ , चलचित्र बिकास बोर्डका सदस्य सचिव हरि सिंह रैखोला, अन्य सदस्यहरुमा भोज बहादुर गुरुङ, जयन कुमार मोक्तान, विवश कुमार माझी, अनुका चाम्लिङ राई, हस्त बहादुर लिम्बु, सुसान्त श्रेष्ठ लगायतले उपस्थिति जनाएका थिए ।

अन्य ब्यक्तित्वहरुमा प्याफका पुर्व प्रमुख, नहकुल के।सी, विजयरत्न तुलाधर, प्रो।डा। विष्णु घिमिरे र नन्द नेम्वाङ आदि उपस्थित रहेका थिए । आदिबासी जनजाती चलचित्र महासंघका अध्यक्ष प्रतिमाया पुनले औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरेका थिइन् भने चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईले तालिमको समापन गर्नु भएको थियो ।

बोर्डका अध्यक्ष भट्टराईले समापन कार्यक्रम्मा बोल्दै आदीबासी जनजातीहरुको कलासँंस्कृति मातृभाषामा आधारित चलचित्रलाई गुणस्तर र बजारिकरणमा जोेड दिनुपर्ने बताए । मातृभाषा चलचित्र सेन्सर समितिमा ३ जना आदिवासी जनजातीहरुको सुरक्षित कोटा राखिएको पनि उहाले जानकारी दिए । प्रो।डा। विष्णु घिमिरेले डायसफोरा सम्बन्धिको अवस्था र स्थितिको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्