Logo

बैनाबट्टा चलचित्रको गित भिडियो सहित सार्बजनिक,दर्शकहरुको राम्रो प्रतिक्रियाले बैनाबट्टा चलचित्र पर्वल हित हुने सम्भावना



कलाखबर संवाददाता,११,साउन–काठमाण्डौं । नेपाली कथानक चलचित्र बैनाबट्टाको नयाँ गित बजारमा सार्बजनिक भएको छ । तिमीसँग पालम ख्याली गाँउन पाए हुन्थ्यो,जुगौ जाने माया प्रिती लाउन पाए हुन्थ्यो, बोलको गित भर्खरै मात्र बजारमा सार्बजनिक भएको हो । संगित तथा कलाकारिता जगतको धरोहरमा हुर्केका संगितकर्मी तथा निर्देशक राज चाम्लिङको शब्द रचना र निर्देशन यो भिडियोमा रहेको छ ।

पूर्वीय नेपालकै अति सुन्दर रमणीय छटाँभित्र पुष्ठभूमिमा छाँयाङ्कन भएको यो भिडियोमा बैनाबट्टा चलचित्रका नायिका कविता वान्तावा राई र देवेन्द्र नेम्वाङको रोचक अभिनय रहेको छ । यो भिडियोमा युगल जोडीबिचको आपसी माया प्रेम प्रशङ्ग देखाउदै,जिवनभरि सँगै मर्ने र सँगै जिउने जस्ता एउटा सुन्दर जिवनको परिकल्पना गर्न खोजिएको छ । सुहाउदो परिवेश र कथा अनुसारको पत्र चयन र अभिनयले यो भिडियो निकै अर्थपूर्ण र मार्मिक बनेको छ ।

यो भिडियोमा आएको आमदर्शकहरुको अति राम्रो प्रतियाले बैनाबट्टा चलचित्र हिट हुने प्रवल हालिएको यो भिडियो ३० हजार क्रश भइसकेको छ । यो भिडियोमा समेटिएको गितलाई दिपा लामा र सन्तोष राईले स्वर लहरी भरेका छन् । कमल राईको कोेरियोग्राफी रहेको यो भिडियोलाई देवजंग थापाले छाँयाङ्कन गरेका हुन् । असोज महिनाको पहिलो साताबाट रिलिज हुन लागेको यो चलचित्रलाई पे्रम लावतीले निर्माण गरेका हुन् ।

सह– निर्माताको रुपमा भावानी घिमिरे,बिक्रम नेमवाङ,राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह आदि रहेका छन् । यो चलचित्रमा मुख्य कलाकार तथा नायक,नायीकाको रुपमा, देबेन्द्र नेम्बाङ ,कविता वान्तावा राई,बाबु भाक्तान र रश्मिला तामाङ आदि रहेका छन् ।

अन्य कलाकारहरुमा, अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे, कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । पूर्विय नेपालको लिम्बु जाती र समग्रहमा सबै आदिबासी जनजातीहरुको कला सँस्कृति समेटिएर मुख्य कथावस्तु बनाइएको निर्देशक राज चाम्लिङले बताए ।

प्रतिक्रिया दिनुहोस्