Logo

महाकुलुङ गाँउपालिकाद्वारा तेञ्जिङ हिलारी राजमार्ग र महाकुलुङ चक्रपथ निर्माणका लागि प्रदेश नं १ सरकारसँग बजेटको माग


कलाखबर संवाददाता,९,साउन–विराटनगर । महाकुलुङ गाँउपालिकाले तेञ्जिङ हिलारी राजमार्ग र महाकुलुङ चक्रपथ निर्माणका लागि प्रदेश नं १ सरकारसँग बजेटको माग गरेको छ । बिहिबार मुख्य मन्त्रि परिषदको कार्यल प्रदेश नं १ विराटनगरमा महाकुलुङ गाँउपालिका भित्र रहेका बाँकी सडक निर्माण तीव्र रुपमा सम्पन्न गर्नका लागि आवश्यक बजेटको ब्यावस्था गरिदिन पालिका प्रमुख सागर किराँतीले मुख्य मन्त्रि शेरधन राईलाई आग्रह गर्नु भयो ।

पर्यटकीय क्षेत्रको रुपमा घोषित तेन्जिङ हिलारी राजमार्ग र महाकुलुङ चक्रपथ निर्माणको लागि आवश्यक बजेटको माग गर्दै प्रमुख किरातीले प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राईलाई ज्ञापण पत्र समेत बुझाएको हो । सो क्रममा ज्ञापण पत्र बुझदै मन्त्रि राईले सकरात्मक प्रतिक्रिया दिएको पनि किराँतीले जानकारी दिए । मुख्य मन्त्रि राईको सकरात्मक वचन र प्रतिवद्धताले कार्यन्वयनमा सार्थकता पाउनेमा आफू पूर्ण विश्वास रहेको किराँतीले बताए ।

महाकुलुङ चक्रपथ अन्र्तगत बुङ,छेस्काम,ममेर्कु,गुदेललाई समेटिएको छ । सो चक्रपथ मानिएको बुङ,छेस्काम र ममेर्कु,गुदेलको बिचमा होङगुखोला पर्दछ । जुन खोला बर्षातको समयमा निकै चुनौती र कठिनाईको विषय बनेको छ । जसले गर्दा महाकुलुङ एरिया भित्र पारवार गर्न निकै कठीनाई हुदै आएको छ ।

यसको मुख्य विकल्पको रुपमा हिउँद र बर्षा दुवै समयमा नियमित रुपमा यातायात सञ्चालन हुनका लागि मोटरेबल पूलको आवश्यकतालाई ध्यानमा राखी गाँउपालिकाको बजेटबाट डि. पि. आर निर्माण गरिएको छ । तेञ्जिङ हिलारी राजमार्ग जोडिने बुङ र गुदेल बिचको थोकोदमा केहि समयदेखि सडक निर्माण कार्य स्थगित भएर बसेको छ ।

सो योजनालाई संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेपनि यो नयाँ आर्थिक बर्षको नीति तथा कार्यक्रममा भने समेटन सकिएको छैन । साल्पा,भोजपुरदेखि दोभानेसम्म टयाक खोलेर जोडन करिब ७५ कि.मि. बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्