Logo

बैनाबट्टा चलचित्रको फस्ट लुक्स गित सार्बजनिक,असोजको पहिलो साताबाट सबै हलमा आउदै


कलाखबर संवाददाता,७,साउन–काठमाण्डौं । राज चाम्लिङ को कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा।लि।को ब्यानरमा निर्मित चलचित्र बैनाबट्टाको फस्ट लुक गित बजारमा सार्बजनिक भएको छ । संघिय समाज बादिका महासचिव रणध्वज् कन्दङवाको प्रमुख आतिथ्यमा सोमबार एक भब्य कार्यक्रमकाबिच सो चलचित्रको गित सार्बजनिक गरिएकोे हो । सुम्हात्लुङ फिल्मस् प्रा।लि।को ब्यानरमा निर्मित चलचित्र बैनाबट्टालाई एबिराज आङदेम्बे र प्रेम निमार्ण गरेका हुन् ।

नेपाली कथानाक चलचित्र बैनाबट्टामा पुर्वीय नेपाका जिल्लाहरुमा बसोबास गर्ने लिम्बु तथा आदिवासी समुदायमा रहेको मौलिक कला, सँस्कृति र प्रथालाई मुख्य कथा बनाई विषवस्तुको रुपमा समेटिएको छ । ताप्लेजुङ पाँचथर र ईलामको रमणीय स्थलहरुमा चलचित्र बैना बट्टाको छायांकन गरिएको छ ।  काथावस्तु परिवेश अनुसार चलचित्र निकै रोचक र उत्कृष्ट भएको निर्देशक राज चाम्लिङले बताए ।

चलिचित्र बैनाबट्टाको छाँयाङ्कन सकिएको र अहिले धमाधम सम्पादनको काम भई रहेको पनि निर्देशक  चाम्लिङले कलाखबरलाई जानकारी दिए । यो चलचित्रमा, भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह आदि सह निर्मातको रुपमा रहेका छन् ।

कमल राईको नृत्य निर्देशन तथा देबजँग थापाको छाँयाकन र सम्पादन रहेको बैनाबट्टमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको रोचक अभिनय रहेका छन् ।

चार वटा गित रहने यस चलचित्रमा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोस राईको संगित रहको छ । उक्त गितहरुलाई दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु , दिप्सन लिम्बु लगायतका कलाकारहरुले स्वर लहरी भरेका छन् । दशै मौसमलाई लक्षित गरि असोज महिनाको पहिलो हप्ताबाट एकै साथ देशका विभिन्न हलहरुमा प्रर्दशन गर्ने योजना रहेको निर्माता प्रेम लावतीले बताए ।

प्रतिक्रिया दिनुहोस्