निरन्तर बर्षा र बाढी पहिरोका कारण अबरुद्ध सडक जनप्रतिनिधि आफैले पन्छाएर उदाहरणीय काम गरेपछी स्थानिय हर्षित

भोलानाथ पौडेल, ६ –श्रावण २०७६, पर्वत । गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्बतको फलेवास नगरपलिकामा पर्ने कार्कीनेटा, थापाठाना, शंकरपोखरी र कुष्मा नगरपालिकाको खौलालाँकुरी, ठूलीपोखरी जोड्ने सडकखण्ड अवरुद्ध भए पछि आम जनजिवन निकै कष्टकर बनेका थिए । सो आवरुद्ध सडकलाई फलेवास नगरपालीका वडा नं १ का वडा अध्यक्ष बाबुराम शर्माको पहलमा जेसीबीको प्रयोग गरि बाटो पन्छाए पछि स्थानीय हर्षित बनेका छन् ।
वडा अध्यक्षले उदाहरणीय काम गरेको भन्दै स्थानीयले प्रशंसा समेत गरेका छन् । गत असार महिना देखी पटक पटक स्याङ्जा जिल्लाको पाख्रिबोट, भानचाउका भिरमा कमेरो लेदो माटो रहेको स्थानमा बर्षा हुने बित्तीकै पहिरो झर्ने र सडक अबरुद्ध हुदै अएको थियो । पहिरो झरेर आवतजावतमा कठीनाई भएपछि विकल्प खोज्नका लागि फलेबास नगरपालिका वडा नं १ कार्कीनेटाका वडा अध्यक्ष शर्मा आफै पहलमा जुटेका हुन् ।
आफू स्थानीय जनप्रतिनि िध भएकोले जनताको समस्यालाई कानमा तेल हालेर टुलुटुलु हेरेर बस्न नहुने भएकोले पनि यो समस्याको पहलमा लागेको शर्माले बताए । आफूले आफ्नो पहलमा अवरुद्ध सडक खुलाए पछि आवतजावतमा सहज हुन थालेको उनले जानकारी दिए । तत्कालको समस्या समाधानको लागि ग्याभिङ वाल मुख्य आश्यक रहेको पनि शर्माले जानकारी दिए ।
जिल्लाकै ब्यपारिक क्षेत्रसँग जोडिएको यो सडक ब्यवस्थित र कालोपत्र हुन नसकेकाले वर्षेनी वर्षाको समयमा यसरी यात्रुहरुले पटक पटक सास्ती खेप्दै आएको छ । त्यसैगरी कार्कीनेटा कुष्मा सडकखण्ड अन्तर्गत कार्कीनेटाको निर्माणधिन स्वास्थ्य चौकी भवनको तल माथि पहिरोको कारण बस्ती जोखिममा पर्दा समेत जिल्ला स्थित सम्बन्धित निकायले बेवास्ता गरेकोमा वडाध्यक्ष सर्माले खेद प्रकट गरे ।
विगत लामो समयदेखि पटक पटक यसरी सडक अवरुद्ध हुदै आउदा पनि सम्बन्धित निकायले चासो नदिदा स्थानीयले पनि आक्रोश पोखेका छन् ।