Logo

मध्यपहाडी लोकमार्ग अन्तर्गत एक हप्तादेखिको अवरुद्ध खुर्कोट–घुर्मी सडक शुक्रबारबाट खुल्यो( फोटोफिचर सहित)


कलाखबर संवाददाता,३,असार–घुर्मी, सिन्धुली । अविरल बर्षाका कारण एक हप्तादेखिको अवरुद्ध खुर्कोट–घुर्मी सडक आज शुक्रबारबाट सुचारु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने खुर्कोट–घुर्मी दुई दिन लगातार बढीपहिरो र बर्षाका कारण पानीको बहाव बढ्न थालेपछि पूर्ण रुपमा पूर्वीय नेपाल सोलुखुम्बु,ओखलढुङ्गा,खोटाङ दिक्तेल लगायतका जिल्लाहरुमा यातायातका साधनहरु ठप्प हुन पुगेका थिए ।

यसरी सडक अवरुद्ध भएपछि यात्रुहरुले निकै सास्ती खेप्नु परेको थियो । दुई दिन लगातार बार्षाको कारण पहिरो गएपछि यात्रुहहरु भोकभोकै साडकको पेटीमा अस्तब्यस्त बनेका थिए । गत असार २६ गते राति बन्द भएको सडक शुक्रबार बिहानदेखि खुुलेपछि यात्रुहरुको आवतजावतमा सहज हुन थालेको छ ।

आवतजावतमा सहज हुन थालेपछि हजारौं यात्रुहरुको मुहारमा खुशी छाएको कलाखबर संवाददाता भोलानाथ पौडेलले जानकारी दिए । झण्डै ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुइतर्फी नै खुलेको प्रहरीले जनाएको छ ।

                                              तस्बिर ः कलाखबर संवाददाता,भोलानाथ पौडेल

प्रतिक्रिया दिनुहोस्