Logo

देशभर अविरल बर्षाको कारण मर्नेको संख्या २१ पुग्यो,१० जना अझै बेपत्ता,घाइते तथा उद्धार गरिएकाकोहरुको विवरण सहित


कलाखबर संवाददाता,२८–काठमाण्डौं । बिहिबार रातिदेखि निरन्तर रुपमा परेको अविरल बर्षाका कारण हालसम्म मृत्यू हुनेको संख्या २१ पुगेको छ । २१ जनाको मृत्यूसँगै अझै बेपत्ता १० जनाको खोजी कार्य भईरहेको नेपाल प्रहरी स्रोतले जनाएको छ ।

देश भरका अविरल बर्षाका कारण मानवीय र भौतिक क्षेती कहाँ, कति मात्रमा भयो भन्ने पूर्ण विवरण आउन बाँकी रहेको पनि प्रहरी स्रोतले जनाएको छ । १० घाइते भएको जानकारी दिएको प्रहरीले पछिल्लोपटक ५० जनाको उद्धार गरिएको जनाएको छ।

उसले बेपत्ताहरूको खोजतलास भइरहेको पनि जनाएको छ। प्रहरीले प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट सम्पुर्ण जनशक्ति, श्रोत साधन परिचालन गरि उद्धार कार्य जारी राखेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्