Logo

मसाल जुलुस गर्दै केपी चोर भनेर कोणसभा गर्दै गर्दा नेविसंघका कार्यकर्ता पक्राउ(भिडियो सहित)



कलाखबर संवाददाता,२७,असार–काठमाण्डौं । भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध प्रदर्शन गर्ने क्रममा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता पक्राउ परेका छन् । विहिबार साँझ बालाजु चोकमा प्रर्दशन पछि कोण सभा गर्दै गर्दा प्रहरी र नेविसंघका कार्यकर्ता वीच झडप भएको हो ।

साँझ प्रदर्शनका क्रममा काठमाडौँको मीनभवन क्षेत्रबाट नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डे, मीनभवन क्याम्पस नेविसङ्घका एकाइ अध्यक्ष विष्णु खड्का, उपाध्यक्ष नवराज थापा, कोटेश्वर बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति महेन्द्र भट्टराई लगायत पक्राउ परेका हुन् ।

यस्तै बालाजुबाट नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, पवन थापालगायत पक्राउ परेका छन् । प्रहरीले जबरजस्ती दुई वटा भ्यानमा कोच्याएर कार्यकर्तालाई लगेका थिए । तर कति कार्यकर्ता समातिए भन्ने कुरा भने पुस्टि भएको छैन ।

प्रतिक्रिया दिनुहोस्