Logo

ताप्लेजुङको खहरे खोलामा एक्कासी पानीको वहाब बढेपछि गाडी डुब्यो,हाम फालेर दुई यात्रुले ज्यान जोगाए


कलाखबर संवाददाता,२४,असार–ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सदुरमुकाम फुङलिङबाट दुईजना यात्रु लिएर फक्ताङलुङ गाउँपालिकाको तापेथोक जाँदैगरेको जिप गाडी खहरे खोलाको बिचैमा एक्कासी पानीको वहाब बढेपछि डुबेको छ । सो गाडीलाईक्ष्कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले रिजर्भ गरेको थियो ।

परिषद अध्यक्ष खगेन्द्र फेम्बुकाको भनाई अनुसार खोलामा पस्नु अघि चालक लगायतका यात्रुले पानीको सतह हेरेका थिए । सहजै तर्नसक्ने ठहर भएपछि चालकले गाडी खोलामा छिराए,तर बीचमा पुगे पछि एक्कासी खहरे खोलो बढेर गाडीको स्टार्ट नै बन्द भयो ।

आफूहरु झ्यालबाट गाडीको छतमा चढेर बाहिर हामफालेर भागेको परिषदका लेखापाल मनप्रसाद लिम्बूले बताए । भेलले गाडीको एउटा चक्का र गाडी भित्रको दुइवटा सिट समेत बगाएर लगेको छ । बाहिर निस्किएका यात्रुले गाडीलाइ भने फलामको रडले बाँधेर बग्नबाट जोगाए र पानीको सतह घटेपछि अर्को गाडीको मद्दतमा निकालियो ।

हिमाली तथा पहाडी जिल्लामा यसरी एक्कासी उर्लेर आउने खहरे खोलाको जोखिम जहिल्यै हुने फेम्बु बताउँछन् । तल्लो क्षेत्रमा नपर्दापनि लेकाली क्षेत्रमा पर्ने पानीले खहरे खोला बड्ने र त्यसको जोखिम तल्लो क्षेत्रसम्म बड्ने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्