Logo

मुन्द्रे डाईभरको स्टालयल हेरन पछिको फेरि अत्यन्तै दर्शकलाई मनोरञ्जन दिने रोचक भीम कुसारीको कोमेडी लोक दोहोरी गित बजारमा ब्यापक चर्चा,( भिडियो सहित )


कलाखबर संवाददाता,२१,असार–काठमाण्डौं । लोक गायक भिम कुसारीको आमदर्शलाई भरपुर मनोरञ्जन दिने केमेडीयन लोक दोहोरी नयाँ गित बजारमा आएको छ । वर्तमान समाजमा घट्ने घट्नाको यर्थाथ कथालाई यस कमेडेडियन गितको अभिनयबाट प्रस्तुत गरिएको छ । भीम कुसारी आफैको शब्द संगीत रहेको गीतमा गायक भिम कुसारी र चर्चित गायीका राधिका हमालले स्वर लहरी भरेका छन् । चर्चित र लोक प्रिय कलाकारहरुको प्रस्तुतिले भिडियो निकै रोचक बनेको छ ।

यो भन्दा केही समय अगाडी मात्र गायक भीम कुसारीको मुन्दै्र डाईभरको स्टायल हेरना गित निकै चर्चामा आएका थिए । छोटो समयमा नै पाँच लाख भन्दा बढी दर्शकले त्यो गीतलाई हेरेका थिए । त्यस लगतै फेरि भर्खरै मात्र आम दर्शकको मन छुने निकै रमाईलो कुसारीको गित बजारमा ब्यापक चर्चा कमाउने सम्भावना देखिएको छ । चर्चित कलाकार तथा निर्देशक होम धितालको निर्देशन र कथा वस्तुमा बनेको भिडियोमा समाजका यथार्थपन चित्रण गरिएको छ ।

उही कलाकार र उही व्प्याटनको गितको भिडियो निर्माण भएकोले यसले निकै नै बजारमा आमदर्शकको मन छुने सम्भावना देखिएको छ । यो भिडियोमा चर्चित कलाकारहरु सुरवीर पण्डित (दाह्री बा),सुशिला निरौला (विम्ली),होम धिताल,गायक भीम कुसारी,पशुपति पोखरेल लगायतका कलाकारहरुले रोचक अभिनय गरेका छन् । विशेष गरि यो भिडियोमा मुख्य भुमिकामा सुशिला निरौला(विम्ली) सुरवीर पण्डित (दाह्री बा) र भीम कुसारीको रोमान्मास देख्न सकिन्छ ।

रोशन धितालको सम्पादन रहेको र सुशिला कुमालको श्रृङगार रहेको भिडियोलाई धिताल फिल्मको युटयूव च्यानलमा भर्खरै मात्र अपलोड गरिएको छ । मरुभूपमी नारायणले यो भिडियोलाई छाँयाङ्कन गरेको छ । यो भिडियोको निर्माण तथा वितरण पनि होम धिताल फिल्मस प्रा.लि. नै गरेको छ ।

प्रतिक्रिया दिनुहोस्