Logo

धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ११ मा बुटिक सीप विकास तालिम समापन तथा प्रमाण प्रत्र वितरण


कलाखबर संवाददाता,२०,असार,निलकण्ठ नगरपालिका–धादिङ । धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नं ११ मा बुधबार बुटिक सम्वन्धी सीप विकास तालिम समापन गरिएको छ । वडा अध्यक्ष तिलक थापा मगरको अध्यक्षता सो कार्यक्रमलाई समापन गर्दै २० जना सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समिति धादिङको आर्थिक सहयोग र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु तथा परिवर्तनका लागि महिला मञ्चको संयुक्त आयोजनामा सो तालिम सञ्चालन गरिएको हो ।

निलकण्ठ नगरपालिकाको प्रशासकीय अधिकृत तिर्थराज पौडेलले समापन कार्यक्रमा बोल्दै  मेड्पा तालिमको महोत्वको बारेमा बताउनु भयो । पौडेलले सबै सहभागीहरुलाई आफूहरुले सिकेको सीपलाई वास्तविक व्ब्यवहारमा उर्तान आग्रह गर्नु भयो । महिलाहरु हरेक कुरामा पछाडी परेको र हत्या हिंसा,बलत्कार जस्ता समाजका जघन्य अपराधको सिकार भई रहेको अवस्थामा हरेक सीप क्षेमताको विकास गरि महिलाहरु अगाडी बढ्न नितान्त आवश्यक रहेको परिवर्तनका लगि महिला मञ्चका अध्यक्ष सरला धमलाले बताइन् । बुटिक सम्बन्धी सीप विकास तालिम पाएपछि निलकण्ठ नगरपालिका सहभागीहरु निकै उत्साहित भएका छन् ।

तालिममा सहभागीहरु सबैलाई निलकण्ठ नगरपालिका ११ का वडा अध्यक्ष तिलक बहादुर थापा मगरले प्रमाण पत्र वितरण गरेका थिए । प्रमाण पत्र वितरण पछि सहभागीहरु सबैलाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा सिकेको सीपलाई ब्यवहारमा उतार्दै एक सफल उद्यमी बन्न अध्यक्ष मगरले आग्रह समेत गरेका थिए । घरेलु तथा साना उधोग विकास समिती धादिङको शाखा अधिकृत कोपिला सापकोटाले नेपाल सरकारको सूचीमा पर्ने गरी समुह दर्ता गरेमा थप अन्य सेवा सुविधा घरेलुबाट पाउन सकिने जानकारी दिनु भयो ।

साथै उहाँले यस्तै नयाँ उद्यमीहरु सृजना गर्नका लागि मुख्य उद्देश्य लिएर घरेलु कार्यलय निरन्तर लागीपरेको बताउनु भयो । नयाँ उद्यमीहरु प्रक्रिया पुर्याएर सफलरुपमा अगाडी बढ्न चाहेको अवस्थामा घरेलु कार्यलयबाट लोनको ब्यावस्था तथा ८० प्रतिशत छुटमा आवश्यक सामाग्रीहरु पाउन सकिने जानकारी पनि गराएकी थिइन् ।

तालिममा सबै सहभागीहरु निकै उत्साहजनक रुपमा सीप सिकेको बताउदै समापन कार्यक्रम पनि निकै राम्रो भएको सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र धादिङका उद्यम विकास सहजकर्ता सुनिता जैसीले कलाखबरलाई जानकारी दिइन् । लामो अवधीको बुटिक तालिमलाई स्वरस्वती थापाले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्