Logo

किराँत राई साँस्कृतिक कलाकार संघले आफ्नो १४ औ स्थापना दिवस भब्यरुपमा मनाउदै,कलाकारिता जगतमा विशेष योगदान दिएका  ब्यक्तित्वहरुलाई नगद राशि सहित सम्मान गरिने


कलाखबर संवाददाता,७,असाढ–काठमाण्डौं । मानव सभ्यताको प्रतीक हो,कला र संस्कृति हाम्रो चिनारी, भन्ने मुल नाराका साथ किराँत राई साँस्कृतिक कलाकार संघले आफ्नो १४ औ स्थापना दिवस भब्यरुपमा मनाउने भएको छ । यो संस्थाले आफ्नो स्थापना कालदेखि नै सफल रुपमा फन्को मार्दै १४ औ बर्ष पूरा गरेको अवसरमा यही असाढ १४ गते बार्षिक उत्सव मनाउन लागेको शनिबार पत्रकार सम्मेलन गरि सस्थाले जानकारी गराएको छ ।

किरात राई यायोक्खाको कार्यलय कोटेश्वरमा आयोजित प्रत्रकार सम्मेलनमा यायोक्खाका अध्यक्ष दिवस राई, किराँत राई साँस्कृतिक कलाकार संघका अध्यक्ष राजु एन राई, उपाध्यक्ष राम कुमार राई, महा सचिव नविन राई, सचिव रोशन चाम्लिङ आदि उपस्थित रहेका थिए । साँस्कृतिक कलाकार संघका कलाकारहरुमा मेनुका राई,कला राई,सरला राई,पदम थुलुङ राई,रोशन वान्तावा,मुकेश राई,पशुपति राई लगायतका कलाकारहरु तथा अन्य सहभागी उपस्थित रहेका थिए ।

यो संस्थाले आफ्नो स्थापनाकालदेखि नै किराँत संस्कार, संस्कृति,भाषा र ईतिहासको संरक्षण गर्दै आई रहेको चर्चित गायीका तथा मिडिया कोडिनेटर समेत रहेका मेनुका राईले बताइन् । कलाको माध्यमबाट हराउदै गएका भेषभुषा, भाषा कला,संस्कुति,मौलिक बाजा र किराँतीहरुको पहिचान र सभ्यतालाई समेत यस संस्थाले संरक्षण गर्दै आई रहेको गायीका राईले कलाखबर डट कमलाई जानकारी दिईन् ।

समुदायको संस्कार सस्कृतिमा अमूल्य योगदान दिएका किराँत र गैरकिराँत तथा लब्ध प्रतिष्ठिट ब्यक्तित्वहरुलाई संस्थाले आफ्नो स्थापना दिवसको शुभअवसरमा सम्मान गर्दै आई रहेको छ । सोही अवसरमा यो बर्ष पनि किराँत समुदाय भित्र विशेष योगदान दिएबापत केही ब्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिने भएका छन् । सम्मान र पुरस्कृत हुनेमा गडुलमान राई,उमेश राई(फुलन्डेको आमा), भिषण मुकारुङ राई, चन्द्र वाम्बुले रार्ई तथा थुलुङ राई साँस्कृतिक प्रतिष्ठान रहेका छन् ।

किराँती संस्कार संस्कृति,भाषाको खोज अनुसन्धान गर्दै,जन्मदेखि मृत्यू सम्मको संस्कारहरुमा अग्रणी भुमिका निर्वाह गरेबापत समाजका अगुवा गडुल मान राईलाई सम्मान पत्र र रु १०,००० हजार नगद सहित किराँत राई संस्कृतिक पुरस्कारबाट सम्मान गरिने भएको छ । अभिनय र कलाको माध्यमबाट किराँत समुदायमा पुर्याएको अमूल्य योगदानको कदर गर्दै( श्री मदन राई,कृषि विशेषज्ञ तथा समाजसेवी)–अक्षयकोषबाट प्रशंसापत्र र रु ११,१११ नगद सहित किराँत राई प्रतिभा पुरस्कार २०७६ द्वारा कलाकारदय उमेश राई (फुलन्देको आमालाई) सम्मान गरिने भएको छ ।

त्यसै गरी शब्द संगीत रचना र गायन कलाको माध्यमबाट किराँत राई थुलुङ भाषाको संरक्षण र प्रर्वधन गर्दै,किराँत समुदायमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै थुलुङ वालगीत प्रकाशन गरेकोले (मनिकुमार राई, समाजसेवी) –अक्षयकोषदाताबाट प्रशंसापत्र र रु १८,८८८ सहित हर्कजंग छलिशोभा किराँत कला पुरस्कार २०७६ द्वारा (थुलुङ राई संस्कृति प्रतिष्ठानलाई) सम्मान गरिने भएको छ ।

विगत लामो समयदेखि अहिले सम्म पनि निरञ्तर गायन कलाको माध्यमबाट किराँती जाँगरण गीतहरु गाएर किराँती संस्कार,संस्कृति र भाषाको संरक्षण पहिचान गर्दै महत्वपूर्ण योगदान दिएकोमा तेज बहादुर राई, ब्यवसाय तथा समाजसेवी –अक्षयकोषदाताले समानपत्र र नगद रु ११,१११ सहित ( तेजलिला किराँत संगीत २०७६ पुरस्कारबाट ) भिषण मुकारुङ राईलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।

विगत लामो समयदेखि निरन्तर रुपमा अहिले सम्म पनि भिडियो निर्देशन कलाको माध्यमबाट किराँती समुदायमा अमूल्य योगदान पुर्याएबापत,युवाराज राई सामाजसेवी –अक्षयकोषदाताबाट प्रशंसापत्र र नगत रु २२,२२२ सहित (नरमाया सवीरमान किराँत भिडियो निर्देशन २०७६ पुरस्कारबाट ) चन्द्र वाम्बुले राई विभुषित हुने भएको छ ।

किराँत साँस्कृतिक संघले आफ्नो स्थापनाकालदेखि नै हरेक बर्ष साँस्कृित जागरणका लागि यलम्बर संगीत प्रतियोगिता आयोजना गर्दै आई रहेको छ । यो वर्ष पनि सो प्रतियोगिता भाग ५ अन्र्तगत विभिन्न संगीत पारखीहरु प्रतियोगीको रुपमा सहभागी भएका छन् । जसमध्ये अन्तिम चरण सम्ममा १० नजा छनौट भएका छन् ।

छनौट हुनेहरुमा गीत संगीत पारखी ईन्द्र कला राई, शुभ कर राई, सीता सेताल्चु राई,किस्मत राई,सन्ध्या राई,सन्तोष राई,अम्बिका राई,प्रदिप राई,(ए) अस्मिता राई र प्रदिप राई,(बी) रहेका छन् । यी मध्ये उत्कृष्ट चार जना विजेताहरुलाई सम्मान पत्र र नगद राशी सहित संस्थाले पुरस्कृत गर्ने भएको छ ।

छनोटमा परेका सबै १० प्रतिस्पर्धीहरुलाई किराँत सांस्कृतिक र ऐतिहासिक स्थलहरुमा भ्रमण तथा सांगीतिक,सांस्कृतिक,राजनीतिक,शैक्षिक जस्ता महत्वपूर्ण विषयमा प्रशिक्षण दिईएको संस्थाले पत्रकार सम्मेलन मार्फत जनाएको छ । यो वर्षको प्रतियोगितामा विजेता हाशिल हुनेहरु चार जनाले यलम्बर संगीत प्रतियोगिता २०७५ बाट सम्मान र निम्न पुस्कारराशी पाउने भएका छन् ।

प्रथम राशी रु २५,५५५,दोस्रो राशी,८,८८८,तेस्रो राशी,५,५५५ र दर्शक छनौटबाट चौथो राशी रु ५००० रहेको पनि संस्थाले जनाएकोे छ । यो पुरस्कार राशीको लागी क्रमंश, पविधन खालिङ,पदम राई,सबिन चाम्लिङ राई,मिलन सोझे राई,जानुका राई लगायतका समाजमका अगुवा एवम् गीत संगित पारखी मनका दाताहरुले सहयोग गरेका हुन् । विजेता हाशिल गर्ने भाग्यमानी तीन जनालाई संगीतकारदय ,डि.आर.अटु, सुनिल दिप्त राई, कलाकर दोस्तिहाङ राई लागायतले ५०,००० हजार बराबरको निशुल्क गीत रेकर्ड गराई दिने प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्