Logo

सोलु दुधकुण्ड नगरपालिकाद्वारा सडक अनुगमन,सन्तोषजनक रुपमा काम भएको अनुगमन समितिको निष्कर्ष


कलाखबर संवाददाता,७,असार– काठमाण्डौं । सोलु दुधकुण्ड नगरपालिकाद्वारा सडक अनुगमन गरिएको छ । नगरपालिका उप–प्रमुख कल्पना राईको संयोजकत्वमा गत आईतबार देखि मंगलबार सम्म लगातार तीन दिन अनुगमन गरिएको हो । अनुगमनमा नगरपालिका प्रभक्ता शारदा माया तामाङ,ईन्जिनियर छेवाङ शेर्पा, प्राविधिक पासाङ शेर्पा, अनुगमन सदस्य तथा वडा नं ६ का अध्यक्ष राम कुमार श्रेष्ठ लगायतको टोलीहरु रहेका थिए ।

यो टोलिले आईतबार भित्तार्खक गार्मा वडा नं ७ मा निर्माण भई रहेको सडकको अनुगमन गरिएको छ । सोमबार वडा नं १ टाक्सिन्दु देखि नुनथला सम्मको सडक र १५ लाखमा निर्माण भई रहेको ढलको समेत अनुगमन गरिएको छ । नगरपालिकाको १२ लाख र जनश्र्रमदान बापतको ३ लाख रकमबाट सो ढल निर्माण कार्य भइ रहेको छ ।

मंगलबार सोही अनुगमनको टोलीले ५ नं वडाको क्याम्पस टोल हुदै, वडा नं ६ थातिङ,च्याल्सा,र वडा नं ७ को भन्डुपाख्रे हुदै अगाडी वढने सडक डिभिजन कार्यलय हर्कपुरको ७० प्रतिशत र सोलु दुधकुण्ड नगरपालिकाको ३० प्रतिशत गरि जम्मा ३५ लाख लगानीमा निर्माण भई रहेको सडकको स्तरउन्नती समेत अनुगमन गरिएको छ ।

वडा नं ६ को सिल्गुडी डाँडा हुँदै, दोर्फु सम्मको नयाँ सडकको ट्रयाक ओपन तथा स्तरउन्नतीको अनुगमन समेत गरिएको छ । सो अनुगमनको क्रममा सबै काम सोचेको जस्तै र राम्रो भएको तर कुनै कुनै ठाउँमा ग्राविहिल र सोलिङ अलि अलि नमिलेको पाइएको वडा नं ६ का अध्यक्ष तथा अनुगमन समितिका सदस्य राम कुमार श्रे्रष्ठले बताए । अध्यक्ष श्र्रेष्ठले अनुगमनको क्रममा सडकको वाल,भित्ता,पेटी र लम्बाई चौडाई सबैलाई नै ध्यानपूर्वक अवलोकन गरिएको बताए ।

नगरपालिका भित्रको सडकलाई स्तरीय र गुणस्तर रुपमा चाडो सकाउने अभियानमा आफूहरु लागी परेको अनुगमन समिति संयोजक तथा उपमेयर कल्पना राईले बताइन् । सबै काम धेरै राम्रो भएको र कुनै कुनै ठाउँमा चित्त नबुझेको सडकलाई पनि फेरि पुन निर्माण गर्न लगाएको उप–प्रमुख राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस्