Logo

सोलुखुम्बु जिल्लाको महाकुलुङमा नयाँ पदमार्ग पहिचान,पाँचपोखरी हुदै अब हजारौ पर्यटक मेरा पिक चढ्ने


कलाखबर संवाददाता,६,असाढ–सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको महाकुलुङबाट पाँचपोखरी हुदै मेरा पिक सम्म जाने नयाँ पदमार्ग पहिचान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० का लागि यो रुटलाई सय गन्तब्यको सूचीमा समेत नेपाल सरकारले सूचीकृत गरेको छ । महाकुलुङबाट पाँचपोखरी हुदै मेरा पिक सम्मको पदमार्ग पुरा गर्न १० दिन लाग्ने महाकुलुङ सूचना केन्द्रले जनाएको छ । महाकुलुङ गाउँपालिकाको सहयोग एवं महाकुलुङ पर्यटन सूचना केन्द्रको सक्रियतामा पहिचान गरिएको पदमार्गको बिहीबार काठमाडौंमा शुभारम्भ गरिएको हो ।

पर्यटन सूचना केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रदेश नं १ का सभासद् उत्तम बस्नेत, नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, ट्रेकिङ एजेन्स्जि एसोसियसन अफ नेपाल ९टान०का केन्द्रीय सदस्य सुकबहादुर लामा, पर्यटनविज्ञ लक्की कार्की र केन्द्रका संयोजक विकास कुलुङले पदमार्गको नक्शा र बुकलेट विमोचन गरेसँगै पदमार्ग शुभारम्भ भएको घोषणा गरिएको हो । कार्यक्रममा पदमार्गको निर्देश चिनारी दिने ८ मिनेटको वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो।

महाकुलुङ गाउँपालिका बुङबाट सुरु हुने पदयात्रा छेस्काम,चलेम,हुर्हुरे,पाँचपोखरी, खोलाखर्क,तैमे,साल्पापोखरी,सिलुछो,साउनेखर्क,गुदेल हुँदै बुङ पुगेर पुरा हुन्छ । पदमार्गमा हिमाली सौन्दर्यसँगै, किराती संस्कृति र जैविक विविधताको मनोरम दृश्य देख्न पाइने केन्द्रका अध्यक्ष कुलुङले जानकारी दिए । किराँत कुलुङहरुको बाहुल्य क्षेत्र भएकाले पदमार्गमा किराँत संस्कृति र सभ्यताको पहिचान तथा अध्ययन गर्न सकिन्छ ।

पदमार्गमा बुङ ९१,६७७ मिटर०, कोङकेलुछो ९४,४६० मिटर०, पाँचपोखरी ९४,३३६ मिटर० र सिलुछो ९४,१५६ मिटर० क्षेत्रको रमणीय दृश्यपान गर्न पाइन्छ। पदमार्गका दुई ठाउँ तैमे र साउने खर्क बाहेक अन्यत्र होटल सुविधा भएको कुलुङले जानकारी दिए। पदमार्ग शुभारम्भ कार्यक्रममा सभासद् बस्नेत, पर्यटन बोर्डका सिइओ जोशी, पर्यटनविज्ञ कार्की, टानका केन्द्रीय सदस्य लामा, केन्द्रका अध्यक्ष कुलुङ र पर्यटन पत्रकार अमृत भादगाउँलेले नयाँ पदमार्गको प्रचार र विकासमा सबैले हातेमालो गर्नु पर्नेमा जोड दिए ।

यो नयाँ पदमार्गको पहिचान र शुभारम्भसँगै पर्यटकलाई लोभ्याउने अर्को महाकुलुङ कृतिम ताल पनि बन्न लागेको महाकुलुङ गाँउपालिका प्रमुख सागर किराँतीले बताए ।

प्रतिक्रिया दिनुहोस्