Logo

सोलुखुम्बु दुधकुण्ड नगरपालिका उप–प्रमुख कल्पना राईको संयोजकत्वमा विभिन्न वडाको विद्यालय र स्वास्थ्यचौकीमा अनुगमन


विद्यालय तथा स्वास्थ्यचौकी अनुगमनको क्रममा अनुगमन टोलीहरु वडा नं १ टाक्सिन्दु नुनथलाको कार्यलमा स्वागत विदाई पछि वडा अध्यक्ष छोङबा लामा शेर्पाको साथमा सामुहिक फोटो खिचाउदै ।

कलाखबर संवाददाता,४,असार– काठमाण्डौं । दुधकुण्ड नगरपालिका उप–प्रमुख कल्पना राईको संयोजकत्वमा आईतबार देखि मंगलबार सम्म लगातार तीन दिन विद्याल र स्वास्थ्यचौकीमा अनुगमन गरिएको छ । अनुगमनमा नगरपालिका प्रभक्ता शारदा माया तामाङ,ईन्जिनियर छेवाङ शेर्पा, प्राविधिक पासाङ शेर्पा, अनुगमन सदस्य तथा वडा नं ६ का अध्यक्ष राम कुमार श्रेष्ठ लगायतको टोलीहरु रहेका थिए । यो टोलिले आईतबार भित्तार्खक गार्मा वडा नं ७ को श्री  नमो बुद्ध आधारभुत विद्यालय र वडा नं ६ खोरिया स्थित नव निर्मित स्वास्थ्यचौकीमा अनुगमन गरेका थिए ।

                                                   भित्तार्खक गार्मा वडा नं ७ को श्री  नमो बुद्ध आधारभुत विद्यालय

सोमबार वडा नं १ टाक्सिन्दु गुम्बामा नगरपाकिलाको १६ लाख बजेटबाट बन्दै गरेको बिद्यालय भवन, नुनथलाको टाक्सिन्दु माध्यमिक बिद्यालय र स्वास्थ्यचौकीमा सो समितिद्वारा अनुगमन गरिएको हो । वडा नं ७ का अध्यक्ष लाल मान श्रेष्ठको नेतृत्वमा श्री नमो आधारभुत विद्यालयको अनुगमन गरिएको थियो भने वडा नं १ वडा अध्यक्ष छोङबा लामा शेर्पाको संयोजकत्वमा टाक्सिन्दु माध्यमिक बिद्यालयको अनुगमन गरिएको हो । मंगलबार सोही अनुगमनको टोलीले ७ नं वडाको सेकारसिङ आधारभुत विद्यालयमा बनी रहेको नयाँ भवन र गार्मा मा.वि.मा बन्दै गरेको भवनको पनि अवलोकन गरेका थिए ।

  भित्तार्खक गार्मा वडा नं ७ को श्री  नमो बुद्ध आधारभुत विद्यालयमा अनुगमन टोलीहरु

दुईवटै विद्यालयमा नगरपालिकाको १६÷१६ लाख लगानीमा भवन निमार्ण कार्य भई रहेको छ । सो अनुगमनको क्रममा अनुगमन समिति संयोजक तथा उपमेयर कल्पना राईले विद्यालयको आवश्यक भौतिक संरचना,शैक्षिक गुणस्तर,पठनपाठन तथा शिक्षकहरुको विषयमा परामर्श लिएका थिए । यस्तो कुनै आफ्ना समस्याहरु भएमा वडा कार्यलयको माध्यमबाट नगरपालिका सम्म पुर्याउन सबै विद्यालयलाई आग्रह गरेका थिए । जवाफमा श्री  नमो बुद्ध आधारभुत विद्यालयका नि.प्र.अ तथा सूचना अधिकारी समेत रहेका सुनिता कुलुङले वडाले पनि राम्रोसँग विद्यालयलाई चासो दिएर हेरी रहेको बताए ।

    श्री  नमो बुद्ध   आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई पढाउदै एक शिक्षिका

शान्त र उत्कृष्ट रुपमा पठनपाठन भई रहेको बताउदै खासै त्यस्तो समस्या नभएको जानकारी गराइन् । २३ जना विद्यार्थीहरु रहेको त्यो विद्यालयमा जम्मा ४ जना शिक्षकहरुले प्रशिक्षण दिई रहेको पनि कुलुङले कलाखबर टेलिभिजनलाई जानकारी दिइन् । वडा अध्यक्ष लाल मान श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताए । अंग्रेजी र नेपाली दुवै माध्यममा बराबरी पढाई हुनु पर्नेमा उहाँले जोड दिनु भयो । जसका लागि सबै शिक्षकहरुले अनिवार्य रुपमा आफ्ना डयूटी पुरा गर्न आग्रह गर्दै,कापी,कलम र खाजा नास्ताको ब्यावस्था पनि आफूले गरिदिने प्रतिबद्धता जनाएका थिए ।

        भित्तार्खक गार्मा वडा नं ७ को श्री  नमो बुद्ध आधारभुत विद्यालय

टासिन्दु माध्यमिक विद्यालयका निमित्त प्रध्यानाध्यापक अबिर मान राईले नगरपालिकाले भौतिक र शैक्षिक सबैमा राम्रो सहयोग गरिरहेको बताए । विद्ययमा राम्रो शैक्षिक पठनपाठनसँगै अरु थप योगा,कम्प्यूटर,खेल्कुद पनि सञ्चालन गरिएको राईले जानकारी दिए । तर २११ जना विद्यार्थीहरु अध्यन गरिरहेको विद्यालयमा शिक्षक दरवन्दी कम भएको र त्यही माथी पनि गुणस्तर शिक्षक नपाएकोमा भने राईले गुनासो गरे । हाल यो विद्यालमा १० जना शिक्षकहरुले अध्यापन गराई रहेका छन् । वडा अध्यक्ष छोङबा लामा शेर्पाले अबको एस. ईई. परिक्षा केन्द्र चाही सबै विद्यार्थीहरुलाई सहज पर्ने गरी सल्लेरीमा पार्नु पर्ने तर्क राख्नु भयो ।

  टाक्सिन्दु मा. वि.को कम्प्यूटर ल्याप

सो क्रममा नगरपालिका उप–प्रमुख कल्पना राईले वडाबाट सिफारिस गरेर नगरपालिकामा पठाउन सुझब दिएका थिए । त्यस्तै गरि वडा नं ६ मा बन्दै गरेको स्वास्थ्य चौकीको अनुगमन पनि गरिएको छ । वडा नं ६ को अध्यक्ष तथा अनुगमन समिति सदस्य राम कुमार श्रेष्ठको संयोजकत्वमा स्वास्थ्यचौकीको अनुगमन गरिएको हो । अनुगमनको क्रममा अध्यक्ष श्रेष्ठले मापदण्ड र तोकिएको समय सीमा भित्र काम सकाउन पनि उपभोक्ता समितिलाई सुझाब दिएका थिए । नेपाल सरकारको एक वडा एक स्वास्थ्यचौकी निर्माण अवधारणा अनुसार टाईप टु को विल्डिङ स्वीकृत भएको हो ।

   वडा नं १ टाक्सिन्दु गुम्बामा बन्दै गरेको भवन

जस अनुसार उपभोक्ता समितिले मापदण्ड अनुसार नबनाएपछि नगरपालिकाले आफ्नो नयाँ डिजाइन् दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । जुन भवनको निर्माणका लागि मन्त्रालयबाट ३८ लाख रकम चालु आर्थिक वर्ष २०७४÷७५मा बिनियोजन भएको पनि अध्यक्ष श्रेष्ठले बताए । तर २० लाख मात्र बजेट आएको छ भन्ने सुनिन्छ बाँकी १८ लाख बजेट किन आएन भनेर अध्यक्ष श्रेष्ठले नगरपालिकाको अनुगमन सममिति तथा ईन्जिनियर छेवाङ शेर्पालाई सोधेका थिए ।

 वडा नं ६ खोरियामा निर्माण भई रहेको स्वास्थ्यचौकी

जवाफमा अनुगनमन समिति संयोजक तथा उपमेयर कल्पना राईले उक्त स्वस्थ्य चौकी भवनको नेपाल सरकारले दिईएको मापदण्ड अनुसार टाईप टु विल्डिङ नै हुनु पर्ने तर उक्त स्वस्थ्य चौकी भवनको रकम किन २० लाख हुन गयौ ? र मोडल कसरी परिवर्तन भयो ? त्यो कुरा आफूलाई जानकारी नभएको बताइन् । यस विषयमा सम्बन्धित निकाय र सरोकारवालासँग सोधपुछ गरी नेपाल सरकारले दिएको मापदण्ड अनुसार नै निमांण हुनुपर्नेमा उप–प्रमुख राईले जोड गरिन् ।

तर नगरपालिकाको ईन्जिनियर छेवाङ शेर्पाले भने सो स्वास्थ्यचौकौको भवन निर्माणको लागि पहिलो किस्ता वापत २० लाख रकम आएको र सो रकम अनुसार भवनको डिजाइन परिवर्तन गरि निर्माण कार्यलाइ अगाडी बढाएको बताए । उपभोक्ता समितिका अध्यक्ष नुरु शेर्पाले ३८ लाख बजेत छुटाएको छ भने पनि तत्काललाई २० लाख बजेट मात्र उपभोक्ता समितिको खातामा आएको दावी गरे । नगरपालिकाले दिईएको डिजाईन अनुसार नै काम पनि तीव्र रुपमा भई रहेको शेर्पाले बताए ।

 टाक्सिन्दु माध्यमिक विद्यालय नुनथलामा सामुहिक तस्बिर खिचाउदै अनुगमन समिति तथा विद्यालय शिक्षकहरु

   टाक्सिन्दु माध्यमिक विद्यालको अवलोकन गर्दै दुधकुण्ड नगरपालिका अनुगमन समिति

  विद्यालय तथा स्वास्थ्यचौकी अनुगमनको क्रममा अनुगमन टोलीहरु वडा नं १ टाक्सिन्दु नुनथलाको कार्यलमा

प्रतिक्रिया दिनुहोस्