Logo

सोलुखुम्बुु दुधकुण्ड नगरपालिकाको भित्तार्खकामा सञ्चालित कुक तालिम समापन


 

कलाखबर संवाददाता,२,असार–सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका वडा नं ७ भित्ताखर्कमा सञ्चालित एक हप्ताको कुक तालिम आईतबार समापन गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बु र सृजनशिल गोदावरी महिला समाज अलितपुरको संयुक्त आयोजनामा सञ्चालित सीप विकास मुलक तालिमलाई आषाढ १ गते आईतबार वडा नं ७ का अध्यक्ष लाल मान श्रेष्ठको अध्यक्षतामा समापन गरिएको हो ।

सो तालिमको समापन कार्यक्रममा दुधकुण्ड नगरपालिकाका उप–प्रमुख कल्पना राई,प्रभत्ता शारदा माया तामाङ, ६ नं वडाका अध्यक्ष राम कुमार श्रेष्ठ,घरेलु तथा साना उद्योग विकास समितिबाट कुमार लामा,ईन्जिनियर छेवाङ शेर्पा र अन्य ब्यक्तित्वहरु समेतको उपस्थिति रहेका थिए । तालिममा जम्मा २० जना  सहभागीहरुलाई प्रशिक्षक डि.बी.राईले प्रशिक्षण दिएका थिए । तामिम पाएपछि साह्रै खुशी लागेको सहभागीहरुले बताए ।

स्वागत मन्तब्य दिदै तालिम निकै प्रभावकारी र महत्वपूर्ण भएको सहभागी दावा जाङमु शेर्पाले बताइन् । धेरै खानेकुराहरुको प्रकारको विषयमा यो तालिमले जानकारी गराएको बताउदै, अझै पनि यस्तै थप तालिम ल्याउन शेर्पाले आग्रह गरिन् । अर्काे सहभागी कान्छा शेर्पाले धेरै खानेकुराहरु पहिल्यै बनाई सकेको र स्वाद लिई सकेको भए पनि तालिम पछि मात्र नाम थाहा भएको बताए । यो तालिमको निकै महत्व रहेको बताउदै यसले अन्य होटल ब्यावसाय सञ्चालनमा समेत टेवा पुग्ने बताए ।

तालिम दिने संस्था तथा वडा कार्यलयलाई पनि धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै अरु थप तालिमको माग गर्दै,अरु सहयोग गर्न आग्रह गरे । नगरपालिका उप–प्रमुख कल्पना राईले अहिलेको युगमा जुनसुकै सीपको निकै महत्व रहेको औल्याउदै महिला सशक्तिकरण हुन आवश्यक रहेको बताइन, । आफु अहिले जुन स्थानमा छ,त्यो सबै प्रत्येक वडाको जनताकै कारणले भएको बताउदै त्यसको गुण तिर्न आफुले सक्ने कनै सहयोगमा कमी हुन नदिने बताइन् ।

साथै उहाँले जसरी चुनावमा घरघरमा भोट माग्न आए,त्यसरी अहिले घरमा जनताको समस्या बुझन आएन भनेर गुनासो नर्गन समेत आग्रह गरिन् । प्रत्येक वडाको जनचासो नगरपालिकाले उतिकै राखेको जानकारी गराउदै बजेत पनि आई सकेकोले नयाँ योजना ल्यान समेत आग्रह गरिन् । महिला उद्यमीहरुका लागी सबै जनप्रतिनिधिहरुले चासो राखेको बताउदै आफ्ना कुनै समस्या र माग वडामा पेश गर्न आग्रह गरिन् । नगरपालिका प्रभक्ता शारदा तामाङले पनि हरेक वडाको जनचासो र विषयलाई आत्मासात गर्दै आफूहरुले समग्रह विकासको लागि अनुगमन गरि रहेको बताइन् ।

आयआर्जनमुलक सीप विकास तालिम महिला न पुरुष दुवैका लागि अपरिहार्य रहेको बताउदै तालिममा सिकेको सीपलाई ब्यवहारमा उतार्न आग्रह गरिन् । वडा नं ६ का अध्यक्ष राम कुमार श्रेष्ठ समेत निकै चासोका साथ समापन कार्यक्रममा पुगेका थिए । उहाँले आफ्नो नजिकको वडा भएको कारण त्यहाँको जनताको प्रगति हेर्न चाहेकोले तालिमको समापन कार्यक्रममा आएको बताए । सो क्रममा उहाँले तालिमको विशेष महत्वको विषयमा जानकारी गराएका थिए । साथै श्रेष्ठले तालिम सक्यो सर्टिफिकेट पनि पायौ भन्ने मात्र नसोची सिकेको सीपलाई वास्तविक ब्यहारमा उतार्न आग्रह गरे ।

तालिममा सहभागीहरु एउटा सफल उद्यमी बन्ने सपना बोकेको अवस्थामा आफू पनि घरेलु तथा साना उद्योग विकास समिति सदस्य भएकोले केही प्राविधिक कुराहरुमा पहल गरिदिने पनि श्रेष्ठले बताए । घरेलु तथा साना उद्योग विकास समितिका सूचना अधिकारी कुमार लामाले सबै सहभागीहरु निकै चासो र उत्सुक्ताका साथ सीप सिकेको बताउदै खुशी ब्यक्त गर्नु भयो । आफूहरुले सिकेको सीपलाई एउटा उद्योगको रुपमा दर्ता सञ्चालन गरेको वस्थामा घरेलुबाट आर्थिक र प्राविधिक सहयोग मिल्ने समेत जानकारी गराए ।

साथै उहाँले उद्यमी बन्न चाहनेहरुका लागि ऋण प्रक्रियाको विषमा समेत जानकारी गराए । वडा नं ७ का अध्यक्ष लाल मान श्रष्ठले तालिममा सहभागीहरुलाई शुभकामना तथा बधाई दिएका थिए । निरञ्तर रुपमा अगाडी बढ्न सबै सहभागीहरुलाई आग्रह गर्दै, वडाले आवश्यक सहयोग गर्ने समेत उहाले बताए । सबै सहभागीहरुले पाएको प्रमाण पत्रको महत्व दर्शाउदै यसलाई सिरानीमा नराख्न सुझाव दिए । साथै श्रेष्ठले नगरपालिका र अन्य वडाबाट गएका प्रमुखहरुले समेत आफ्नो वडाको कार्यक्रमलाई महत्वका साथ हेरेर शोभा बढाएकोमा धन्यबाद दिए ।

प्रतिक्रिया दिनुहोस्