सोलुखुम्बु जिल्लाको आठ स्थानीय तहमा  विभिन्न शीर्षकमा सीप विकास तालिम सञ्चालन भएपछि स्थानीय युवा हर्षित 

कलाखबर संवाददाता,३२,जेष्ठ । गरिवी निवारणका लागि लघुद्यम विकास कार्यक्रम अन्र्तगत सोलुखुम्बु जिल्लाको आठ स्थानीय तहमा विभिन्न   शीर्षकको  सीप विकास र आर्थिक उन्नती मुलक तालिमहरु धमाधम सञ्चालन भइ रहेको छ । नेपाल सरकार घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बुको आर्थिक सहयोगमा सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौं र सृजनशील गोदावरी महिला समाज ललितपुरको सहजीकारणमा सो तालिम सञ्चालन भएको हो ।

तालिम पाए पछि स्थानीय निकै हर्षित देखिएका छन् । तरकारी खेती ,बाँसको सामाग्री निर्माण,हाते होजियारी,बाख्रापालन,विद्युत जडान,कुक तालिम तथा थुक्पा बनाउने सम्बन्धी विभिन्न शीर्षकमा तालिम सञ्चालन गरिएको छ । सोलु दुधकुण्ड नगरपालिका वडा नं ७ भित्ताखर्कमा कुक सम्बन्धी तालिम भइरहेको छ । छोटो अवधिको तालिम भए पनि राम्रोसँग सीप सिकेर केही गर्ने इच्छा रहेको १२ मा अध्यनरत जाङमु शेर्पाले बताइन् । कुक तालिम सिकेर पुरुष सरह टृृेकिङ नै जानु पर्छ भन्ने छैन, घरमा  र अरु होेटल ब्यावसाय पनि गर्न सकिन्छ भन्नु भयो ।

अर्का सहभागी पासाङ शेर्पाले पहिले देखि नै यस्ता तालिम लिन चाहेको तर आफुले नजिक पर्ने ठाँउ नपाएको बताउदै यसपाली  आफ्नै ठाउँमा तालिम आाएकोमा निकै खुशी लागेको बताउनु भयो । यो तालिम पछि आफुलाई  पर्यटन ब्यावसायमा समेत टेवा पुग्ने विश्वास लिएको बताउनु बताउनु भयो ।  वडा नं ६ थातिङ सल्लेरी र सोताङ गाउँपालिमा वडा नं ५ खबुवामा  हाते होजियारी सम्वन्धी सीप विकास तालिम सञ्चालन भइरहेको छ  । थुलुङ दुधकोशी रणेममा जैष्ठ २८ गते सिलाईबुनाई सम्बन्धी तालिम समापन गरिएको  प्रशिक्षक ललिता तामाङले बताइन्  ।

महाकुङ गाउँपालिका  छेस्काम,नेचा सल्यान र खुम्बुपासाङ खरिखोलामा विद्युत जडान सम्वन्धी तामिल समापन भई सकेको छ । लिखुपिकेमा गाँउपालिकामा होते होजियारी र तरकारी सम्बन्धी तालिम समापन भई सकेको छ । तरकारी सम्वन्धी तालिम लिएका केही सहभागीहरुले ब्यावसायीक रुपमा तरकारी खेती नै सुरु गरि सकेको उद्यम विकास सहजकर्ता इलम महताराले बताए । गत वर्ष तालिम लिई सफल उद्यमी बनेकाहरुलाई स्केल अफका प्रविधि सामान केही दिन भित्र वितरण गर्न लागेको पनि उहाले जानकारी दिए ।

सोताङ गाउँपालिका खुबुवामा बाँसको आर्कष सामाग्रीहरु निर्माण सम्बन्धी तालिम भइ रहेको छ भने माप्य दुधकोशी र थुलुङ दुधकोशीमा बाख्रापालन र तरकारी सम्वन्धी तालिम सञ्चालन भइरेको घरेलु तथा साना उद्योग विकस समिति सोलुखुम्बुका सुचना अधिकारी कुमार लामाले जानकारी दिए । महाकुलुङ गाँउपालिका छेस्काममा थुक्पाको तालिम पाएपछि सहभागीहरु निकै हर्षित भएका छन् । उनीहरु समुह दर्ता गरी उद्योगको रुपमा नै अगाडी बढ्ने तयारीमा जुटीन थालेका छन् ।

यसरी समुह दर्ता गरी अरुलाई पनि रोजगारी दिलाउदै अगाडी बढ्न चाहनेलाई घरेलु तथा साना उद्योग विकास सतिबाट पनि थप सहयोग र ८० प्रतिशत छुटमा आवश्यक सामाग्रीहरु अनुदान पाउने समेत सुचना अधिकारी कुमार लामाले बताए । सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौंका कार्यकारी निर्देशक रामनाथ पोखरेलले सोलुखुम्बु जस्तो पर्यटकीय स्थल र स्वर्गरुपी ठाँउमा यो तालिमको निकै महत्व रहेको बताउनु भयो ।

हाल सञ्चालन भई रहेको तालिम पनि सही ठाउँमा नै छानिदिएकोमा प्रत्यक गाउँपालिका प्रमुखहरुलाई धन्यबाद दिनु भयो । हरेक तालिम सञ्चालन भई रहेको स्थानमा अनुगमन गर्दा निकै प्रभावकारी र सन्तोषजनक रुपमा सीप सिकिरहेको जिल्ला समन्वय समितिका प्रमुख बीर कुमार राईले बताए । सहभागीहरुले तालिमसँगै आफुहरुले बनाएका आकर्षक सामाग्रीहरु अनुगमनमा खटिएका टोलीहरुलाई मायाको चिनो स्वरुप प्रदान गरेका थिए ।

 मेड्पा तालिम अन्र्तगतको विभिन्न गतिविधिमुलक १७ तस्बिर ः
 

    तस्बिर ः राज कुमार राई ।