Logo

महाकुलुङ गाँउपालिका छेस्काममा जिल्ला उद्यम विकास समिति संयोजकको संयोजकत्वमा सीप विकास तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण तथा प्रविधि हस्तान्तरण


कलाखबर संवादाता,२८,जेष्ठ–छेस्काम । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका छेस्काममा सञ्चालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत थुक्पा र विद्यत जडान सम्वन्धी सीप विकास तालिम सोमबार समापन गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बु र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौको संयुक्त आयोजनामा सञ्चालित थुक्पा र विद्युत जडान सम्वन्धी सीप विकास तालिममा सहभागीहरु सबैलाई प्रमाण पत्र वितरण गरिएको हो ।

छोटो स्तरको तालिम अन्र्तगत एक हप्ताको थुक्पा र मध्यम स्तर अन्र्तगत विद्युत जडान सम्वन्धी तालिममा सहभागीहरु सबैलाई जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला उद्यम विकास समिति संयोजक बीर बहादुर राईले प्रमाण पत्र वितरण गरेका थिए । निशुल्क रुपमा सीप सिक्न पाएपछि सहभागीहरु निकै हर्षित भएका थिए । पहिलो चोटी यस किसिमको तालिम लिन पाउदा निकै खुशी भएको सहभागी नन्द कुमारी कुलुङले बताइन् ।

संस्थागत रुपमा नै अगाडी बढ्ने हिसाबले समुह पनि गठन गरिसकेको र अब दर्ता प्रक्रियामा रहेको कुलुङले बताइन् । अर्का विद्युत तालिममा सभागी नन्द कुमार कुलुङले तालिम निकै प्रभाबकारी भएको बताए । साथै यो तालिमसँगै दुई तीन वटा भवनमा बिद्युत जडान गरिसकेको बताए । समुह नै गएर एउटा विद्यालयमा निशुल्क रुपमा वाइरीङङ समेत गरिदिएको कुलुङले बताए । वडा अध्यक्ष डेक बहादुर राईले तालिमलाई निकै महत्वका साथ हेरिएको बताउनु भयो ।

तालिम केन्द्रमा गएर दैनिक रुपमा अनुगमन गरेको बताउदै दुवै तालिम निकै प्रभावकारी भएको अध्क्ष राईले बताए । साथै उहाँले आफ्नो वडामा तालिम ल्याउने संस्थालाई पनि धन्यबाद दिदै आफ्नो वडाको तर्फबाट पनि कुनै कञ्चुस नगरी नयाँ उद्यमीहरुलाई सक्ने सहयोग गर्ने बताए । वडा अध्यक्षकै पहलमा सामुदायीक भवन र विद्यालयमा निशुल्क रुपमा बत्ती जडान कार्यमा समेत समाबेश गराएर राम्रो काम गरेको सहभागी दुती शंकर कुलुङले बताए ।

महाकुलुङमा निकै राम्रो र प्रभाबकारी रुपमा तालिम सम्पन्न भएको जिल्ला समन्वय समिति प्रमुख बीर बहादुर राईले बताउनु भयो । उहाँले सबै सहभागीहरुलाई शुभकामना तथा बधाई दिदै निरञ्तर रुपमा अगाडी बढ्न समेत आग्रह गर्नु भयो । अध्यक्ष राईले पनि आफ्नो तर्फबाट गर्न सक्ने सहयोगमा कुनै कञ्जुसाई नगर्ने बताए । घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बुका निमित्त उद्योग अधिकृत कुमार लामाले सहभागीहरुले राम्रोसँग सीप सिकेको बताउदै एउटा उद्योगको रुपमा समुह दर्ता गर्न आग्रह गर्नु भयो ।

नेपाल सरकारको सूचीमा पर्ने गरी दर्ता गरेको अवस्थामा थप अरु थुप्रै सुविधा पाउन सक्ने पनि उहाँले जानकारी गराए । सबै सहभागीहरुले निकै चासो उत्सुकताका साथ राम्रो सीप सिकेमा खुशी ब्यक्त गर्दै आफ्नो कार्यालयबाट सक्ने सहयोग गर्ने बताए । थुक्पा सम्वन्धी सीप तालिम खड्ग राज भण्डारीले दिएका थिए भने विद्युत सम्बन्धी वालकृष्ण राज भण्डारीले दिएका थिए । विद्युत प्रशिक्षक भण्डारीको सिकाई प्रति सहभागीदेखी वडा अध्यक्ष समेतले निकै राम्रो प्रशंसा गरेका थिए ।

सामाजिक स्वाश्थ्य शिक्ष उत्थान केन्द्रका कार्यकारी निर्देशक रामनाथ पोखरेलले सहभागीहरुको उत्साहजनक उपस्थिति देखेर आफु निकै खुशी भएको बताए । साथै उहाले उद्यम सञ्चालन गरी थप रोजगारी सिर्जना गर्न आग्रह गर्दै,यो सीपले थप जिवन निवार्ह गर्न मद्दत पुग्ने बिश्वास ब्यक्त गर्नु भयो ।

संस्थाका ब्यस्थापक भोलानाथ पौडैलले कार्यक्रमको उद्यमी सिर्जना प्रक्रिया प्रभाबकारी रहेकोले मोडल अनुसार तयार गरीएका उद्यमीहरुलाई उद्यम संचालन गरी वास्तबिक उद्यमी बन्न आग्रह गरेका थिए । कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक राजकुमार राई, सिर्जनसिल महिला गोदावरी समाजका अध्यक्ष रेनुका रेग्मी लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्