Logo

निलकण्ठ नगरपालिकामा १० मा बाख्रा पालन र सिङ्के धुप निर्माण तालिमको समापन, सहभागीहरु सबैलाई प्रमाण पत्र वितरण


कलाखबर संवादादता,२४,जेष्ठ–धादिङ । निलकण्ठ नगरपालिकामा बाख्रा पालन र सिङ्के धुप निर्माण तालिम बिहिबार समापन गरिएको छ । तालिममा सहभागीहरु सबैलाई परिवर्तनका लागि महिला मञ्चका कार्यकारी प्रमुख सरला धमलाले प्रमाण पत्र वितरण गरेका थिए । जेष्ठ १८ गतेबाट सञ्चालन गरिएको तालिम २२ जना सहभागीहरु रहेका थिए । सो तालिमलाई घरेलु तथा साना उद्योग विकास समिति धादिङको आर्थिक सहयोग र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौको सहजीकरणमा सञ्चालन भएको हो । तालिममा सहभागीहरु सबै प्रमाण पत्र पाए पछि निकै खुशी देखिए ।

तालिम एकदमै प्रभावकारी र ब्यवसाय उन्मुख भएको सहभागी भावना पाठकले बताए । प्रशिक्षकले खेल,कथा तथा नाटकको माध्यमबाट तालिम दिएकोले एकदमै सजिलैसँग बुझिएको उनले बताइन् । प्रशिक्षकले सजिलो भाषामा तालिम दिइएकोले यसलाई सजिलैसँग ब्यवहारमा उतार्न सक्ने पनि उहाले बताइन् । प्रमाण पत्र वितरण पछि प्रमुख अतिथि समेत रहेका सरला धमलाले मन्तब्य दिदै भनिन्, तपाईहरु कुनै विचलित नहुनुस् अब राम्रो ब्यावसाय सुरु गर्नुस् ।

विधि पूर्वक समुह गठन गर्नुस् अनि सम्वन्धित ठाउँमा गएर आर्थिक भौतिक प्राविधिक सबै सहयोग माग्नुस् सजिलैसँग पाउनु हुन्छ भनेर धमलाले सुझाब पनि दिइन् । उहाँको भनाइ लाई उद्धृत गर्दै सहभाहरुले भने वडा अध्यक्षले आफूहरुको तालिमलाई त्यत्ती चासो नै नलिएको बताए । त्यही कारणले समापनको दिन पनि आफूहरुको गुनासो सुन्न वडा अध्यक्ष नआएको आरोप लगाए । सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र धादिङका उद्यम विकास सहज कर्ता सुनिता जैसीले औपचारिक रुपमा नै कार्यक्रमलाई सञ्चालन गरेका थिए । जैसीले निकै प्रभावकारी ढङ्गबाट आफ्नो कार्य क्षेमता प्रस्तुत गरेका थिए ।

उनकी सहकर्मी देवेन्द्र शाहीले पनि उनलाई कार्यक्रम ब्यावस्थापनमा महत्वपूर्ण सहयोग गरेका थिए । धादिङ जिल्लामा अनावरत रुपमा खटिरहेका सबै कर्मचारीहरुको काम राम्रो छ त्यसमा पनि अझ सुनीता जैसी, देवेन्द्र शाही र करिश्मा मगरको कार्यशैली र क्षेमता उत्कृष्ट रहेको सेडेक नेपालका कार्यकारी प्रमुख राम नाथ पोख्रेलले बताए । उत्कृष्ट कार्यशैली र क्षेमता प्रदर्शनले भावी दिनमा कर्मचारीहरु आफैलाई नै फाईदा पुग्ने समेत उहाले बताए । कर्मचारी परिचालन र आफ्नो कार्य क्षेत्रलाई सफल वा असफल बनाउनु कार्यक्रम संयोजकको ठूलो हातमा नै निर्भर रहने काठमाण्डौं जिल्ला संयोजग बलानाथ पौडेलले कलाखबरलाई बताए ।

 

प्रतिक्रिया दिनुहोस्