Logo

धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ४ मा बाख्रा पालन र मौरीपन तालिम सञ्चालन हुदैं, बुधबार मेड्पा टोलीद्वारा अनुगमन


कलाखबर संवाददाता,२४,जेष्ठ–काठमाण्डौं । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ४ मा बाख्रा पालन र मौरीपालन सम्वन्धि सीप विकास तालिम सञ्चालन भइ रहेको छ । घरेलु तथा साना उद्योग विकास समिति धादिङको आर्थिक सहयोग र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौंको सहजीकरणमा सो तालिम सञ्चालन भएको हो । तालिममा मौरीपालन तर्फ १८ जना र बाख्रापान तर्फ १६ जना सहभागीहरु रहेका छन् । बाख्रापान तर्फ सुन्दरी थपलिया र मौरीपालन तर्फ अनिल पोख्रेलले प्रशिक्षण दिइ रहेका छन् । सो तालिमलाई बुधबार मेड्पा टोलीहरुले अनुगमन समेत गरेका छन् ।

घरेलु तथा साना उद्योग विकास समिति कार्यलयबाट लेखा अधिकृत मिनराज खड्का र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र धादिङको तर्फबाट कार्यक्रम संयोजक रमिला सापकोटा र उद्यम बिकास सहजकर्ता करिश्मा मगर रहेका थिए । अनुगमनको क्रममा राम्रोसँग तालिम सञ्चलन भइरहेको अनुगमन टोलीले जनाएको छ । घरेलु लेखा अधिकृत मिनराज खड्काले राम्रोसँग तालिम लिएर सफल उद्यमी बन्न सहभागीहरुलाई अग्रह गरेका थिए ।

सफल रुपमा उद्यम ब्यवसाय गर्न चाहानेहरुलाई ८० प्रतिशत छुटमा आवश्यक सामाग्री तथा सौलियतमा ऋण समेत आफ्नो संस्थाले सहयोग गर्ने  घरेलु लेखा अधिकृतराज खड्काले जानकारी गराएका थिए । अहिलेको माग बमोजिम मौरीपालन र बाख्रापालन सबै भन्दा सजिलो र फाइदाजनक भएको  मिनखड्काले  बताए । सभागीहरु निकै उत्साहजनक रुपमा सीप सिकिरहेको प्रशिक्षक सुन्दरी थपलियाले बताइन् । सात दिनको बाख्रा पालन तालिममा, खोर निमार्णन र छनोट, घाँसको प्रकार,उन्नत जातको बाख्राको प्रकार, दाना पानी जस्ता महत्वपूर्ण विषयमा तालिम भइ रहेको प्रशिक्षक थपलियाले बताइन् ।

पहिलो चोटी निशुल्क रुपमा बाख्रापालन सम्बन्धि तालिम लिन पाउदा निकै खुशी लागेको सहभागीहरुले बताए । परम्परागत रुपमा पहिले देखि नै बाख्रा पाल्दै आएको भएपनि यो तालिम पछि भने नयाँ ज्ञान आर्जन भएकोले आधुनिक तरिकाबाट बाख्रा पालन गर्ने हौसला मिलेको उनीहरुले बताए । अर्का मौरीपालन प्रशिक्षक अनिल पोख्रेलले नेपालमा मौरीपालनको धेरै सम्भावना रहेको बताउदै यो ब्यावसाय अपनाउदा न त शारीरिक बल नै लगाउनु पर्छ , न त अरुलाई जस्तो दाना पानी नै खुवाउनु पर्छ, त्यसैले यो जतिको सजिलो र फाइदाजनक कुनै पनि ब्यावसाय नभएको बताए ।

यो विषयमा आफूले तालिम दिई रहदा सहभागीहरुको पनि निकै चासो रहेकोले यो तालिम पश्चात सिकेको सीपलाई व्ब्यवहारिक रुपमा उतार्ने प्रशिक्षक अनिल पोख्रेलले विश्वास ब्यक्त गर्नु भयो । तलिममा रानी उत्पादन,मौरीपालनको महत्व,मौरीको जात,मौरीलाई नष्ट पार्ने किरा,हानीकारक औषधी जस्ता विषमा तालिम भइ रहेको सहभागी हरि तिमिल्सिनाले बताए ।

अर्का सहभागी दर्गा भट्टले प्रशिक्षकको सिकाई प्रभावकारी रहेको बताए । जसले गर्दा अफूहरुले तालिम बुझ्न सजिलो भएको पनि औल्याए । यो तालिमले हौसला त बढायो तर ब्यवसायलाई अगाडी बढाउनका लागी आर्थिक स्रोत चाँही कसरी जुटाउने भन्ने चिन्ता लागी रहेको पनि उहाले बताए । जसका लागी सम्वन्धित निकाय र सरोकारवालासँग केही प्राविधिक सामान उपलब्ध गराई दिन समेत आग्रह गरे ।

सहभागीहरुको भनाइलाई उद्धृत गर्दै राम्रो र निरञ्तर रुपमा ब्यवसायलाई अगाडी बढाएको पाएमा घरेलु तथा साना उद्योग विकासबाट पनि सजिलैसँग प्राविधिक र आर्थिक सहयोग पाउन सकिने सेडेक नेपाल धादिङ जिल्ला संयोजक रमिला सापकोटाले बताइन् । साथै समुह गठन गरेर अगाडी बढनु चाहेको खण्डमा बडा तथा पालिकाबाट पनि आर्थिक सहयोग मिल्ने सझाब दिइन् ।

प्रतिक्रिया दिनुहोस्