धादिङ जिल्लाको ६ स्थानीय तहमा तीव्र रुपमा मेड्पा क्रार्यक्रम सञ्चलन गर्दै सेडेक नेपाल, एक स्थानीय तह गंगाजमुना गाँउपालीकाले अझै सम्म पनि कुनै सीप तालिम पाउन सकेन
कलाखबर संवादादता,२२,जेष्ठ–धादिङ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्तरगत सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौं र घरेलु तथा साना उद्योग विकास समिति धादिङको संयुक्त आयोजनामा धादिङ जिल्लाको ६ स्थानीय तहमा तीव्र र सशक्त रुपमा विभिन्न स्थानीय स्रोत साधन तथा उद्यमीहरुको मागमा आधारित सीप विकास तालिम सञ्चालन भइरहेको छ । सबै स्थानीय तहमा पालिका प्रमुख र वडा प्रमुखको सहजीकरणमा प्रभावकारी ढङ्गबाट स्थानीयहरुलाई जीवन निवार्हमुखी तालिम दिइरहेको छ । तर गंगाजमुना गाउँपालिकाको स्थानीयले भने कुनै पनि सीप तालिम पाउन सकेको छैन ।
अरु सबै नगर र गाउँपालिकामा तालिम पाएर स्थानीय हर्षित भइ रहेको अवस्थामा गगांजमुना पालिका चाँहि किन पछाडी ? भनेर हामीले मेडपा टोलीहरुसँग प्रश्न गर्यो । गाउँपालिका प्रमुखले पालिका स्तरीय बैठक नबसी म निर्णय लिन सक्दिन भन्दै आफूहरुलाई निश्चित समय नदिएको कारण कार्याक्रम सञ्चालन गर्न ढिलो भएको सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र धादिङका कार्र्यक्रम संयोजक रमिला सापकोटाले बताइन् । यो कार्यक्रम नेपाल सरकारको मातहतको भएकोले हामीले आफ्नो मनपरी आफू खुशी कसरी सञ्चलन गर्ने ? हामीलाई सम्वन्धित पालिकाको सिफारिस र निर्णय चाहिन्छ भनेर उहाले उल्टै प्रश्न गरिन् ।
मेड्पाको निर्देशीका र कार्यक्रमको नमस अनुसार अगाडी बड्नुको बिकल्प नरहेको उहाँको भनाइ थियो । त्यसकारण हामीले यो गगाँजमुना पालिकामा पनि धेरै पटक धायौ तर पालिका प्रमुखले वास्ता नगरेकोले नै तालिम ढिलो भएको उहाँले जिकिर गरिन् । पालिका प्रमुखले कुनै वडा सिफासि नगरिदिएकै कारण यहा कुनै पनि सीप तालिम नचेलेको सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रका डि.बि.ए. यमुना गुरुङले बताइन् । अरु पालिकाका सबै जनप्रतिनिधिहरुको राम्रो सहयोग रहेको औल्याउदै, जिल्ला सम्मवन्य समिति र घरेलु तथा साना उद्योग बिकास समिति धादिङको पनि महत्वपूर्ण सहयोग रहेको बताइन् ।
अर्को एक स्थानीयले नाम नबताउने शर्तमा गंगाजमुना गाउँपालिका प्रमुख बढी दम्भ र जनताको जनबोली नै नसुन्ने गरेको बताइन् । उहाको त्यो ब्यवहारले गर्दा अरु राम्रो मान्छेहरु पनि खुम्चेर बस्नु पर्ने बाध्यता भएको उहाको भनाइ थियो । साथै उहाले अरु पालिकाको प्रत्येक वडाले विभिन्न सीप तालिम पाइरहेको अवस्थामा आफ्नो पालिकाको वडाले अझै सम्म पनि कुनै सीप तालिम नपाउनु दुर्भाग्य भएको बताउदै आक्रोस समेत पोखे । अरु ६ वटा पालिकामा भने सोमबार अनुगमन समेत भइसकेको छ ।
अनुगमनमा जिल्ला सम्मन्वय समिति प्रमुख तथा जिल्ला उद्यम विकास समिति संयोजक जगननाथ नेपाल, घरेलु तथा साना उद्योग बिकास समिति धादिङका उद्योग अधिकृत केदार कुमार खड्का, लेखा अधिकृत मिनराज खड्का, अधिकृत अर्जुन घिमिरे, तथा सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रका कार्यक्रम संयोजक रमिला सापकोटा,त्रिपुरासुन्दरी गाउँपालिका प्रमुख शम्भु थापा, ६ नं वडा अध्यक्ष लेख बहादुर अधिकारी लागयतका टोलीहरु रहेका थिए । अनुमनको क्रममा सहभागीहरुले प्रभावकारी रुपमा तालिम लिइरहेको अनुगमन समितिले जनाएको छ
तस्बिर ः सुनिता जैसी र देवेन्द्र शाही
।