Logo

साउदी अरबियामा काम गर्न गएका प्रेम कुमार राई लडेर अङ्गभङ्ग हुदा कम्पनी र मेनवारको रमित ( हेर्नुुस् भिडियो सहित )


कलाखबर संवाददाता,२१,जेष्ठ–काठमाण्डौं । साउदी अरबियामा काम गर्न गएका प्रेम कुमार राई लडेर अङ्गभङ्ग हुदा कम्पनी र मेनवारले उपचार गर्नुको अलवा रमित हेरेर बसेका थिए । सो कुरा अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनले थाहा पाएर आफ्नो पहलमा खोटाङ जिल्ला निवासी प्रेम कुमार राईको मंगलबार उद्धार गरिएको छ । खोटाङ जील्लाको रुपाकोट मझुवागडी नगरपालिका वडा नम्बर १० हाल धरान उपनगरपालिका वडा नम्बर ८ बस्ने राईलाई साउदी अरेबियाबाट उद्धार गरिएको हो ।

साउदीको दमाम स्थित अल खाफन कम्पनीमा काम गर्दा गर्दै त्यही बिल्डबाट खसेर राई दुर्घटना हुन पुगेका थिए । दुर्घटना पछि विचलित अवस्थामा रहेको राई लाई अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठन को पहलमा सकुसल उद्दार गरि नेपाल ल्याईएको सफेद चरणका  प्रोग्राम कोडिनेटर पदम लिम्बु पावलले बताए । कसमस इन्टरनेसनल मेनपावरबाट रोजगारीको सिलसिलामा राई साउदी पुगेका थिए ।

बिदेश पठाउने मेनपावर र साउदी कम्पनीले उपचार गर्नु त कता न कता, बिदेशको मरुभूमिमा अलपत्र पारि कानमा तेल हालेर टुलुटुलु रमित हेरी रहेको अवस्थामा अन्तत अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनले थाहा  पाएर राईलाई नेपाल ल्याएको हो । दुर्घटनामा परि राईको दुवै खुट्टा पूर्ण रुपमा घुमेको छ । घटिया र चुइयाँ कम्पनीले भने पिडितलाई इन्सोरेन्स दिनुपर्छ भनेर बाहिर अन्य कतै लडेको हो भनी बाहाना बुन्दै पन्छिन खोजेको उद्धारबादी पदम लिम्बुले बताए ।

कलाखबरले लिएको प्रत्यक्ष अन्तरबार्तामा पीडित आफैले समेत सो कुरा बताएको छ । काम गर्ने क्रममा जब तीन तलाबाट खसरे गम्भीर घाइते भए पछि कम्पनी र आफूलाई त्यहा पठाउने मेनपावरले समेत बेवास्ता गरेको पीडित राईले बताए । साथै कम्मनी मालिकले वास्तविक घटना लुकाउन दवाब दिदै बाहिर अन्य कतै लडेको हो भनेर झुट बोल्न समेत लगाएको पीडित राईले बताए । अल नासिर ओभरसिज र एस पि एम ओभरसिज मेन पावरले पनि फेरि त्यही कम्पनीमा दमादम अरु कामदारलाई पठाइ रहेको अवस्थामा यस्तो घटनालाई पनि ध्यान दिन मानव उद्धारबादी लिम्बुले सुझाव दिए ।

राई काम गर्दा गर्दै दुर्घटनामा परि मृत्यूको मुखमा छटपटी रहेको अवस्थामा कम्पनी र मेन पावर दुवै कानमा तेल हालेर टुलुटुलु रमित हेरेर बस्नु दुुर्भाग्य भएको अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठन प्रदेश नम्बर १ अध्यक्ष समेत रहेका पदम लिम्बु पावलले कलाखबरलाई बताए । दुर्घटनामा परि दुबै खुट्टा गुमाउनु भएका प्रेम कुमार राईलाई नेपाल मात्र होइन, घर पुग्ने सम्मको खर्च पनि अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनले नै बेहोरि दिएको छ । आउने दिनमा पनि आवश्यक परेको खण्डमा जस्तो अवस्थामा पनि सहयोगको लागि तयार रहेको अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठन प्रदेश नम्बर १ अध्यक्ष पदम लिम्बू पावलूले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्