Logo

गरिबी निवारणलागी लघु उद्यम विकास कार्यक्रम लिएर नगरदेखि गाउँ सम्म पुग्दै सेडेक नेपाल


कलाखबर सवाददाता,१७ जेष्ठ–काठमाण्डौं । गरिब, विपन्न बर्ग,दलित,जनजाती,मधेशी तथा पिछडिएका महिलाहरुको आर्थिक बृद्धि एवम् सीप विकास तालिम लिएर सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र सेडेक नेपाल र नेपाल सरकार घरेलु तथा साना उद्योग विकास कार्यलय उद्यमीहरु सर्जना गर्ने कार्यमा लागेका छन् । सीप सिकेर स्थानीय स्रोत साधनको प्रयोग गरि नेपालमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले निकै प्रभावकारी रुपमा हाल यो कार्यक्रम देशका सबै जिल्लामा सञ्चालन भइरहेको छ ।

यो कार्यक्रम हरेक जिल्लाको घरेलु तथा साना उद्योग विकास कार्र्यलयसँग समन्वय गर्दै विभिन्न संस्थाले सहजीकरण गरि विभिन्न स्थानीय तहसँग मिलेर सञ्चलन गर्ने कार्यक्रम हो । जस अन्र्तगत हाल सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रले आठ वठा जिल्लामा हरेक स्थानीय तहसँग समन्वय गरी नयाँ लघु उद्यमीहरुको माग अनुसारका विभिन्न शीर्षकमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । राजधानीका विभिन्न स्थानमा डल कुशन,सिलाई कटाई,बुटिक चुरा,माला,ब्यूटी पार्लर,मखमलको जुत्ता चप्पल निमार्ण जस्ता तालिमहरु भइरहेका छन ।

त्यस्तै गरी नुवाकोट र कपिलवस्तुमा कृषि सम्वन्धी सिताके च्याउ तालिम,माला बुटिक चुरा,बाख्रा पालन कुखुरा पालन बाँसको सामाग्री निर्माण सिलाई कटाई डल खेलौना जस्ता विषयमा तालिम भइ रहेको कार्यक्रम संयोजक निर्माण घिमिरेले जानकारी दिए । त्यस्तै गरी सोलुखुम्बुमा पनि आठ वटा स्थानीय तहमा नै यस किसिमको तालिम सञ्चालन भई रहेको छ । महाकुलुङ गाउँपालिका वडा नं ३ छेस्काममा छोटो अवधिको थुप्पा तालिम समापन गरिएको छ भने लामो अवधिको तालिम अन्र्तगत बिद्युत सम्वन्धी प्राविधिक तालिम भई रहेको छ ।

यो तालिमको अन्तिम समापन जेष्ठ २६ गते गरिने र थुप्पा र विद्युत सम्वन्धी तालिम्मा सहभागी सबैलाई त्यही दिन प्रमाण पत्र वितरण गर्ने वडा अध्यक्ष डेक बहादुर राईले जानकारी दिए । गोरखामा जिल्लामा पनि तीव्र रुपमा यस्तै विभिन्न शीर्षकमा सफल्ता पूर्वक तालिम सञ्चालन भई रहेको सेडेक नेपालका सूचना अधिकारी केदार पोख्रेलले जानकारी दिए । उद्यमीहरुले निरञ्तर रुपमा तालिम लिई रहेको र विभिन्न किसिमका सामान निर्माण गरेर आफ्नो सीप समेत पर्दशन गरी सकेको कार्यक्रम संयोजक सीता रिजालले बताइन् ।

त्यस्तै गरी मनाङ,मुस्ताङ र धादिङमा पनि तीव्र रुपमा तालिम सञ्चलन भई रहेको ओभरल जिल्ला संयोजक भोलानाथ पौडेलले जानकारी दिए । हाल काठमाण्डौं,गोरखा,नुवाकोट,धादिङ,कपिलबस्तु, सोलुखुम्बु, ललितपुर र भक्तपुर गरी जम्मा आठ वटा जिल्लामा यस किसिमको कार्यक्रम सञ्चालन भई रहेको सेडेक नेपालका कार्यकारी प्रमुख राम नाथ पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्