राजधानीका विभिन्न स्थानमा श्रृखलाबद्ध रुपमा बम विस्फोट, चार जनाको मृत्यू (भिडियो सहित )

१२ जेठ, काठमाडौं । राजधानीका विभिन्न स्थानमा श्रृखलाबद्ध रुपमा बम विस्फोट भएको छ । घट्टेकुलो, सुकेधारा, र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् ।
सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो । सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा बम नै बिष्फोट भएको प्रहरीले पुष्टि गरेको छ ।
बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । तर बम कसले र किन बिस्फोट गरायो भन्ने पूर्ण जानकारी नभए पनि विप्लव समुहले नै गराएको हो भन्ने संका गरिएको छ ।
घट्टेकुलोस्थित एक घरको कोठामा भएको बिस्फोटमा पमा मृतकको गिदी छरपस्त भएको छ ।