Logo

गायक भीम कुसारीको बिवादित गीत बजारमा आएपछि प्रचण्ड र ओली झस्किए, उनीहरु के भन्छन त ? (हेर्नुस् पुरा भिडियो )


कलाखबर संवाददाता,११,जेष्ठ–काठमाण्डौं । बर्तमान राजनीति र यथार्थ परिस्थिलाई ब्यङग्य गर्र्दै गायक भीमकुसारी गर्जिए । राजनीति फोहोरी खेल तथा किनबेचको थलो भएको औल्याउदै सधै सट्टा टिकाई राख्न उनीहरुले जे पनि गर्न सक्ने कुसारीले बताए । सबै नेता कार्यकता तथा देशभक्त बन्न खोज्नेहरु सबै घुस खोरी भ्रष्टचारी भएको छ ।

चोरी डकैती ,लुटपात,हत्या हिंशा भलात्कार जस्ता जघन्य अपराधहरु दिनानुदिन बढ्दै गएको छ । यस्तो अपराधिक क्रियाकलापमा राजनीतिको ठुलो शक्ति रहेको औल्याउदै गायक कुसारीले वर्तमान परिस्थितिलाई सुहाउने किसिमको देश भक्ति भावनाले ओतप्रोत मार्मिक गीत भर्खरै मात्र बजारमा ल्याएको छ ।

केहि समय अघि मात्र मुन्द्रे डाईभर गीतमा बजारमा ल्याएर चर्चा कमाएका गायक कुसारीले फेरि पुष्कार शर्माको जस्तो बिवादित गीत बजारमा ल्याएको छ । आफ्नै शब्द संगीत र स्वर लहरी रहेको गीतलाई लक्षु प्रकाश मल्लले एरेन्ज गरेका हुन् । सबै आम जनताको आवाज र मनोभावना समेटिएको यो गीतको भिडियो निकै रोच बनेको छ ।

अरु गीतमा भन्दा यो गीतको म्यूजिक भिडियोमा छुट्टै कथा वस्तु भेटिएको छ । समाज परिर्तन मुलक भएकोले यो गीतले निकै बजारमा चर्चा कमाउने प्रवल सम्भावना देखिएको छ । होम धिताल,भगत शाह,मरुभुमि नारायण तथा जय राज भट्ट आदि चर्चित कलाकारहरुको रोचक अभिनय रहेको यो भिडियोलाई होमधिताल फिल्मस प्रा.ली ले निर्माण गरेका हुन् ।

होम धितालको निर्देशन रहेको गीतलाई मरुभुमी नारायणले छाँयाङ्कन गरेको छ भने रोशन धितालले सम्पादन गरेका हुन् । यो भिडियोलाई होम धितालको आफ्नै अफिसियल च्यानलमा अपलोड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्