Logo

नोबेल साकोस साहित्य प्रतिष्ठान द्वारा आठ स्रष्टा सम्मान


 

कलाखबर संवादादता,५,जेठ—काठमाण्डौं । नोबेल साकोस साहित्य प्रतिष्ठान द्वारा आठ स्रष्टालाई सम्मान गरिएको छ । साहित्य जगतमा विभिन्न विधामा योग्दान दिएबापत ति स्रष्हरुलाई सम्मान गरिएको हो । प्रतिष्ठानले विभिन्न शीर्षकमा नगद राशी पुरस्कार सहित साहित्यक स्रष्टाहरुलाई सम्मान गरेका थिए । सम्मान हुनेहरुमा डा.राम प्रसाद ज्ञवाली,श्रीहरि फूयाँल,छवि वैरागी घिमिरे,प्रा.डा.उषा ठाकुर,प्रा.डा.ऋषि राम पोख्रेल,सुन्दर बहादुर खड्का,प्रो.डा. गार्मी शर्मा तथा वाल साहित्यकार अनुज्ञा नेपाल आदि रहेका छन् ।

खदा तथा माल्य अर्पण गरी सम्मान पत्रको साथमा नगद राशी सहित सम्मान गरिएको हो । सम्मान पछि कार्यक्रममा बोल्दै सम्मानित व्यक्तिहरुले नोबेल साकोस साहित्य प्रतिष्ठानले आफूहरुलाई जिवनमा भुल्नै नसकिने ऋणी बनाएको बताएका थिए । यसले साहित्य जगतमा नयाँ सृजना गर्न अझै मनोवल तथा थप हौसला मिलेको समेत उहाहरुले बताए । सम्मानको लागी सस्थालाई धन्यबाद दिदै आगामी दिनहरुमा पनि यस्तै हौसलापूर्ण कार्यक्रम गर्न उहाहरुले आग्रह गरेका थिए ।

आफ्नो निम्तोलाई स्वीकार गर्दै कार्यक्रमको शोभा बढाउन आएका सबै साहित्य अनुराँगीहरुलाई धन्यवाद दिदै सबैको सहयोगले यो प्रतिष्ठान बलियो र सफल हुदै गएको संस्थाका अध्यक्ष स्वरस्वती गौतमले बताइन् । साहित्य जगतमा केही योगदान दिनेहरुका लागी सम्मान र मूल्याङ्कनक गर्दै हौसला पूर्ण यस्तै आकर्षक कार्यक्रम गर्ने लक्ष्य रहेकोले आगामी दिनहरुमा पनि यस्तै माया र सहयोग गरि रहन गौतमले आग्रह गर्नु भयो ।

साहित्यक स्रष्टा एवम् सृजनालाई सम्मान र संरक्षण गर्ने उद्देश्यले नै नोबेल साकोस साहित्य प्रतिष्ठानको स्थापना भएको जानकारी गराउदै सबै साहित्य प्रेमीहरुले यस संस्थालाई आफ्नै ठानेर संस्थासँग जोडिन संस्थापक तथा सञ्चारकर्मी एवम् साहित्यकार राजन न्यौपानेले आग्रह गर्नु भयो । बामे सर्दै केहि समय अघि मात्र जन्मिएको यस संस्था तपाई हामी साहित्य अनुराँगीहरुको अपार माया र सहयोगले नै छोटो समयमा आज सफल्ताको शिखर चुम्न सफल भएको छ ।

यसरी नै निरञ्तर यहाहरुको सहयोगले हामीलाई पनी आगामी दिनहरुमा थप नयाँ किसिमको जिम्मेवारी वहन गर्न हौशला मिलेको छ, न्यौपाने भन्नु भयो । साथै छोटो समयको तयारीसँगै आज साहित्यक प्रभिा तथा स्रष्टाहरुलाई सानो सम्मान गर्न पाउदा निकै खुशी महसुश भएको उहाले बताए । कार्यक्रममा करिब तीन सय जना साहित्य प्रेमीहरु उपस्थित भएका थिए ।

                                          प्रतिष्ठान द्वारा विभिन्न विधाका पुस्तक लोकार्पण
नोबेल साकोस साहित्य प्रतिठानले स्रष्टा सम्मानको अवसरमा विभिन्न विधाका कृतिहरु समेत लोकार्पण गरेका थिए । सूर्य बहादर तामाङको ईश्वरको खोजी र नौलिङ्गेश्वरको नौलिङ्ग, साहित्यकार राजन न्यौपानेको कृति र प्रवृति समालोचना संग्रह तथा हरि भक्त सिग्देलको गीता सार र साहित्य श्री स्मारिका पुस्तकहरु विमोचन गरिएका थिए ।

विमोचन पश्चात प्रमुख अितिथि तथा वरिष्ठ साहित्यकार मुकुन्द शरण उपाध्याले कार्यक्रममा बोल्दै साहित्य जगतमा नोबेल साकोस साहित्य प्रतिष्ठान आफैले एउटा आयाम थपेको बताउनु भयो । साहित्य अनुराँगी तथा स्रष्टाहरुको प्रतिभालाई एक एक गरी मूल्याङ्कन गर्दै सम्मान गरेकोमा संस्था प्रति खुशी व्यक्त गर्नु भयो ।

साथै सम्मानित स्रष्टाहरुलाई पनि बधाई ज्ञापन दिनु भयो । यो अवसरमा जो जसको नयाँ कृति विमोचन भएको छ तापाईहरु सबैलाई मुरी मुरी शुभकामना तथा बधाई दिन चाहान्छु भन्नु भयो । सहभागी सबैलाई निशूल्क पूस्तक वितरण समेत गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्