Logo

सोलुखुम्बुको लिखुपिकेमा गरिबी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्तरगत सञ्चालन गरिएको तरकारी खेती र हाते होजियारी तालिमको समापन


कलाखबर संवाददाता,२–जेठ । सोलुखुम्बु जिल्लाको लिखुपिके गाँउपालीका बडा नं ३ चौलाखर्कमा तरकारी तथा हाते होजियारी सीप बिकास तालिम बुधबार समापन गरिएको छ । गिरिबि निवारणका लागी लघु उद्यम बिकास कार्यकक्रम अन्र्तगत नेपाल सरकार घरेलु तथा साना उद्योग बिकास समिति सोलुखुम्बु र सिर्जनशील गोदावरी महिला समाजको संयुक्त आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो । चैत्र महिनाको तेस्रो हप्ताबाट सञ्चालित दुवै कार्यक्रममा ११ ÷११ जना सहभागीहरु सम्मिलित भएका थिए । एक हप्ता तरकारी र ४५ दिन हाते होजियारी तालिम सञ्चालन गरिएको थियो ।

सो तालिममा सहभागी सबैलाई समापन पश्चात बुधबार प्रमाण पत्र समेत वितरण गरिएका थिए । औपचारिक रुपमा सञ्चालन गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गाउँपालिका प्रमुख डम्बर बहादुर बस्नेतले तालिममा सिकेका सीपलाई सबैले ब्यवहारमा उर्तान आग्रह गर्नु भयो । स्थानीय सरकार तथा गाँउपालिका प्रमुखको हैसियतले सफल उद्यमी बन्न चाहानेहरुका लागी सकेको सहयोग गर्न सधैं आफू तयार रहको समेत जानाकारी दिनु भयो । विशेष अतिथि तथा वडा अध्यक्ष पुष्प बहादुर बस्नेतले पनि वडाको तर्फबाट सधैं सहयोग गर्न आफू तायार रहेको बताउनु भयो ।

एउटा सफल उद्यमी बन्ने सपना बुन्नुस् र आवश्यक थप सीप र सामाग्रीको माग गर्नुस्, जसमा स्थानीय सरकार तथा जनप्रतिनिधिहरु सधै साथ दिन तयार रहेको उहाले बताउनु भयो । यो तालिमलाई उद्यम विकास सहजकर्ता ईलाम महताराले नेतृत्व गर्दै आएका थिए । गाउँपालिका तथा वडासँग समनवय गर्दै सफल रुपमा कार्यक्रम सञ्चालन गरेका थिए । सबै भन्दा टाढाको जिल्ला कालीकोटबाट सोलुखुम्बु जस्तो ठाउँमा आएर सफल उद्यमीहरु उत्पादन गर्न सकेकोमा महताराले खुशी ब्यक्त गर्नु भयो ।

ईमानदारी र निकै मेहिनतका साथ सबै भन्दा पहिलो रुपमा आफ्नो जिम्मेवारी वहन गर्न सफल भएको संस्थाले मूल्याङ्कन गरेको छ । सोलुखुम्बु जिल्लाको आठवटा स्थानीय तह हरुसँग समन्वय गरि सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरु मध्य लिखुपिके गाउँपालिका उहाको कार्य क्षेत्र तोकिएका थिए । सात दिने तरकारी तालिममा सिकेका सीपलाई ब्यवहारमा उर्तादै ब्यवसायीक रुपमा लैजाने तालिममा सहभागी भीम कुमार बस्नेतले बताइन् । साथै उहाले तालिम दिने संस्था र प्रशिक्षकलाई धन्यबाद समेत दिनुभयो । होजियारी तालिम अन्तरगत आफूहरुले राम्रो सीप सिकेको सीता बि.क.ले बताइन् ।

तालिममा सिकेमा स्वीटर,टोपी,गल्वन्धी,मोजा आदिलाई निरन्तरता दिदै एउटा पेशा र ब्यवसायीक रुपमा नै लैजाने प्रतिबद्धता समेत ब्यक्त गरिन् । अर्को सहभागी तथा महिला सदस्य मन कुमारी बस्नेतले तालिम अत्यन्तै उपयोगी र महत्वपूर्ण भएको बताइन् । आगामी बर्ष पनि यस्तै तालिम ल्याउन आग्रह गरिन् । यस पालीको तालिम अत्यन्तै उपयोगी भए पनि समय अवधी अलि छोटो भएकोले आगामी दिनहरुमा ल्याउने तालिम अवधी लामो हुनु पर्ने सुझाब समेत दिइन् ।

प्रतिक्रिया दिनुहोस्