प्रहरीको लापरवाही गिरफ्तारले भिरबाट खसेर ङठिलेन शेर्पा अङ्गभङ्ग,मृत्यू शैयामा पुगेपछि परिवारलाई जिम्मा

कलाखबर संवाददाता,३०,बैशाख –काठमाण्डौ । प्रहरीले गिरफ्तार गरेर ल्याउदै गर्दा ङठिलेन शेर्पा भिरबाट खसेर गम्भिर घाइते भएका छन् । भोटेकोशी डाँडा गाउँ निवासी शेर्पाले एक विवाहित अन्दाजी ३८ वर्षीय सुनिता श्रेष्ठलाई भगाएर ल्याएको आरोपमा प्रहरीले गिरफतार गरेको हो । शेर्पालाई बोक्चेन सिन्धुपाल्चोक नामथाङग प्रहरी कार्यालयका प्रहरीले पक्राउ गरेका हुन । शेर्पा र श्रेष्ठ बिच घनिष्ट प्रेम सम्वन्ध रहदै आएको परिवार स्रोतले बताएका छन् ।

विवाहीत श्रेष्ठ श्रीमानबाट पीडित भए पछि लामो समयदेखि नै माईती घरमा बस्दै आएको पीडित पक्षले जनाएको छ । भिरबाट खसेर अङ्गभङ्ग भई गम्भिर घाइते भएको शेर्पालाई उपचार गर्नुको सट्टा प्रहरीले टुलुटुलु रमित गर्दै उल्टै परिवारलाई जिम्मा लगाइदिएको छ । सुनिता श्रेष्ठलाई भने घर पठाइ दिएको भिनाजु पेमा शेर्र्पाले बताए । अगाडी र पछाडी प्रहरीको निगरानीमा ल्याउदै गर्दा भिडबाट खसेर घाइते हुनु शंकास्पद रहेको दिदी सोना शेर्पाले बताइन् ।

कतै यसमा प्रहरीको संलग्नता पो छ की भन्ने प्रहरीमाथी नै शंका लागेको उहाले बताइन् । घाइते भएर अचेत वस्थामा पुगेका शेर्पालाई परिवारको सहयोगमा शिक्षण अस्पताल महाराजंगमा भर्ना गरि आईसियुमा राखिएका थिए । शेर्पाको टाँउकोमा गहिरो चोट लागेको अस्पताल स्रोतले बताएको छ । उनको दाहिने पाखुरा समेत भाँचिएको छ । उनी अझै सम्म पनि अस्पतालको आइसियुमा नै उपचारत छन । उनको उपचार उनकै दिदी भिनाजुले गरिरहेको परिवार स्रोतले जनाएको छ ।

शेर्पा शिक्षण अस्पतालको बेडमा मरणान्त अवस्थामा पुग्दा समेत प्रहरी र जाहेरी कर्ताहरु बेखवर हुनु आश्र्चाय जनक विषय बनेको छ । देश र जनताको सेवा र सुरक्षाको जिम्मेवारी लिएर बसेका प्रहरीले यस्तो लापरवाही गरेपछि उसले लगाएको वर्दीको के अर्थ भयो र ? पक्राउ गरेर घाइते बनाउन सक्ने तर उपचार गर्ने बेला चाँही भाग्ने लाजमर्दो र घिन लाग्दो प्रहरी प्रशानको काम भएको उपचारमा खटिरहेकी छेलामु शेपाले बताइन् ।

यस्तो लाचारीपन कार्यले सिङ्गो प्रहरी प्रशासन नै गिरेको उहाकी भनाइ थियो । आफ्नो नियन्त्रणमा आएपछि सामान्य र्दुघटनामा परेको ब्यक्तिलाई समेत प्रहरीले उपचार गराउनु पर्ने ठाँउमा प्रहरीकै सामु यस्तो भयानक घटना घट्दा समेत प्रहरी उम्कन खोज्नुले प्रहरी अधिकारी प्रति नै शंकाको ठाउ दिएको छ । नारायणथान प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश यादवले शेर्पालाई अपशब्द प्रयोग गर्दै तथानाम गालि गलौज गरेको समेत परिवार स्रोतले बताएका थिए ।

रगतले छेदविच्छेद भएको शेर्पालाई औषिधि उपचार गराउनु भन्दा पनि प्रहरीले उल्टै नाटक गरेको आरोप लगाएको जनप्रतिनिधिहरुले बताएका छन् । शेर्पा अझै सम्मा पनि अचेत अवस्थामा नै रहेका छन ।

                                          सुनिता श्रेष्ठलाई शेर्पाले अपहरण गरेको, श्रेष्ठ परिवारको आरोप

ङठिलेन शेर्पाले सुनिता श्रेष्ठलाई अपहरण गरेको सुनिताको परिवारले आरोप लगाएका छन् । सोही आरोपमा संगिता, रामकाजी र गोविन्द नाम गरेका ब्यक्तिहरुले प्रहरीमा जाहेरी दिएको प्रहरी स्रोतले बताएको छ । घट्नाको विषयमा वडा कार्यालयले छलफलका लागि प्रहरी प्रशानलाई प्रत्र पठाउँदा समेत कोहि पनि नआएको वडा कार्यालय स्रोतले बताएको छ ।

यसै सम्बन्धमा सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मरासीनी भन्छन“ घटना घटेको सत्य हो । महिला अपहरण परेको जाहेरी प्रहरीमा आएपछि सम्वन्धित ब्यक्ति खोजि गरेर प्रहरी कार्यालयमा ल्याउने क्रम्मा छाँडे रोगले ढलेर भिरतिर खसेको आरोप लगाए । साथै उहाले प्रहरीले कुनै पनि अमानविय व्ब्यवहार नगरेको समेत दावी गरे । उल्टै प्रहरीले हराएको मानिस खोजेर परिवारलाई जिम्मा लगाएको बताउदै आफ्नो प्रशासनको बचाऊ गरे ।