Logo

डल्लुमा व्यूटी पार्लर सम्बन्धी सीप बिकास तालिम सञ्चालन , ६ जना सभागीहरु उत्साहजनक सीप सिक्दै


कलाखबर संवाददाता,२५,बैशाख काठमाण्डौ । राजधानी काठमाण्डौंको डल्लु स्थित व्यूटी पार्लर सम्वम्धी सीप बिकास तालिम सञ्चलन भइरहेको छ । घरेलु तथा साना उद्योग बिकास कार्यलय काठमाण्डौंको आर्थिक तथा प्राविधिक सहयोग र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौंको संयुक्त आयोजनामा सो कार्यक्रम सञ्चलन गरिएको हो ।

गत चैत्र महिनाको २५ गते बाट सुरु गरिएको तालिममा जम्मा ६ जना महिला उद्यमीहरुले सहभागीता जनाएका छन् । यो तालिम अन्र्तगत थ्रेडिङ,टेम्पोरी,स्टेड,रड कर्ली, आईरन,हेयर पाटेशन,मसाज,जुरोको प्रकार सहित थेउरी र प्राक्किल दुवै सञ्चालन गरिएको छ । ६ वर्ष लामो अनुभव बटुलेकी प्रशिक्षक रिता लुहारले तालिममा सहभागीहरुलाई प्रशिक्षण दिइरहेका छन् ।

सबै सहभागीहरु निकै उत्सुक्ता र चोसोका साथ सीप सिकिरहेका छन् । करिब यो एक महिनाको अवधिमा आफूहरुले निकै राम्रो सीप सिकिसकेको सबै सहभागीहरुको भनाई थियो । अषाढको २४ गते यो तालिम समापन हुने भएको छ । त्यो बेला सम्म आफूहरु निकै दक्ष भइसक्ने विश्वास रहेको सहभागी गीता कुँवरले बताइन् ।

साथै बजारको माग अनुसार यो तालिम रोजिएको र अब केही गर्न सक्छु भन्ने आफूमा पूर्ण विश्वास पनि रहेको उहाले बताइन् । तालिम्मा कुनै बाधा अवरोध नआएको र सबै सहभागीहरु निकै उत्साहित र सन्तुष्ट रहेको उद्यम विकास सहजकर्ता स्वरस्वती लुहारले कलाखरलाई बताइन् । मेड्पा अनुगमन टोलीले आज सोही ठाउँमा अनुगमन गरेको छ ।

सोही क्रम्मा सबै जना सहभागीहरुको राम्रो प्रगती र उल्लेख्य सहभागीता पाईएको सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रका कार्यकारी निर्देशक रामनाथ पोख्रेलले बताउनु भयो । मेड्पा कार्यक्रम अन्र्तगत हाल आठवटा जिल्लाको विभिन्न स्थानीय तहमा यस किसिमको कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्