Logo

नर्गाजुन नगरपालीकामा मखमलको जुत्ता सिलाई कटाई तालिम संचालन


 

कलाखबर संवाददाता,१९,बैशाख,काठमाण्डौं । राजधानी काठमाण्डौको नागार्जुन नगरपालिका वडा नं ५ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सिलाई कटाई सम्वन्धी सीप बिकास तालिम सञ्चालन भैरहेको छ । मेडपा मोडेलको ६ वटा चरण मध्य उद्यशीलता विकास तालिम सकिए पश्चात तेस्रो चरण अन्र्तगत चैत्रको २५ गतेबाट सो तालिम सुरु गरिएको हो ।

घरेलु तथा साना उद्योग विकास कार्यालय काठमाण्डौंको आर्थिक तथा प्राविधिक सहयोग र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र वालाजु,काठमाण्डौंको आयोजनामा सो कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रमको मुख्य उद्देश्य बेरोजगार महिला तथा पुरुषहरुलाई समावेश गरि सीप बिकास मुलक कार्यमा संलग्न गराई उनिहरुको आर्थिक बृद्धिमा शसक्तिकरण गरि नेपालको गरिवी निवारणमा सहजिकरण गर्ने उद्देश्य रहेको सामाजिक व्स्वास्थ्य शिक्ष्क्षा उत्थान केन्द्रका अध्यक्ष रामनाथ पोख्रेलले बताए ।

हाल नेपालका सवै जिल्लामा मेड्पा कार्यक्रम संचालन भइरहेको छ । जसमध्य आठवटा जिल्लाको कार्यक्रम आफ्नो मातहतमा पार्न सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र सफल भएको हो । उद्यमीहरुको विभिन्न माग बमोजिम प्रत्येक जिल्लाको प्रत्येक स्थानिय तहहरुमा छुट्टाछुट्टै शीर्षकमा मेड्पा कार्यक्रमको मोडेल अनुसार सीप मुलक कार्यक्रम सञ्चालन भइरहेको समाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रका कार्यकारी प्रमुख राम नाथ पोख्रेलले जानकारी दिए ।

नागार्जुन नगरपालिकामा हाल सञ्चालन भैरहेको तालिममा जम्मा १० जना सहभागी रहेका छन् । सो तालिमलाई राधिका महर्जनले प्रशिक्षण दिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्