नागार्जुन नगरपालिकामा सीप बिकास तालिम सञ्चालन
कलाखबर संवाददाता,२२,बैशाख–काठमाण्डौं । नागार्जुन नगरपालिका वडा नं ३ पाँचधारामा गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत खेलौना बनाउने सम्बन्धी सीप विकास तालिम सञ्चालन भैरहेको छ । घरेलु तथा साना उद्योग बिकास कार्यलय काठमाण्डौको आर्थिक तथा प्राविधिक सहयोग र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र वालाजु काठमाडौको आयोजनामा सो कार्यक्रम सञ्चालन भएको हो ।
नेपालका सवै जिल्लामा उक्त कार्यक्रम संचालन भैरहेको अवस्थामा सोही संस्थाले सरकारको मातहत भित्र रहेर हाल आठ वटा जिल्ला र जिल्लाको प्रत्येक स्थानिय तहहरुसँग संमनवय गरेर स्थानीयहरुको विभिन्न माग र कार्यक्रमको मोडेल अनुसार तालिम सञ्चालन गरिरहेको सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रका सुचना भिवाग प्रमुख केदार पोख्रेलले जानकारी दिए ।
कार्यक्रमको ६ वटा चरण मध्ये दोस्रो चरणको उद्यमशीलता बिकास तालिम सकिए पश्चात तेस्रो चरण अन्र्तगत सीप बिकास मुलक तालिम सञ्चालन भइरहेको हो । १९ जना सहभागिलाई प्रशिक्षक सोना अधिकारीकारीले प्रशिक्षण दिइरहेकि छन् । निकै उत्सुक्ता र जाँगरका साथ बैशाखको दोस्रो हप्ताबाट निरन्तर रुपमा तालिम सञ्चालन भइरहेको उद्यम बिकास सहजकर्ता फुर्स बहादुर नेपालीले बताउनु भयो ।
स्थानीय स्रोत साधनको प्रयोग गरौं सीप सिकौ स्वरोजगार बनौ भन्ने मुल नाराका साथ उक्त तालिम सञ्चालन गरिएको हो । दलित,आदिवासी, जनजाती,मधेशी लगायत अन्य सबै समुदायमा बसोवास गर्ने महिला तथा पुरुषहरुलाई समावेश गरि सिपमूलक कार्यक्रममा संलग्न गराई उनिहरुको आर्थिक बृद्धिमा शसक्तिकरण गरि नेपालको गरिवी निवारणमा सहजिकरण गर्ने उक्त मेड्पा कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । नौलो किसिमका सीप मुलक तालिम लिन पाउदा सहभागीहरु निकै हर्षित देखिएका छन ।