महाकुलुङ छेस्काममा मेरा फाउण्डेशनद्वारा दुई स्वास्थ्यकर्मीलाई सम्मान

कलाखबर संवाददाता,१३,बैशाख–महाकुलुङ,छेस्काम । महाकुलुङ छेस्काममा मेरा फाउण्डेशनले दुई स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । सम्मान हुनेमा नरेन्द्र बहादुर थ्यात र हिरामनी रोक्का रहेका छन् । लामो समय पाँच बर्ष सम्म महाकुलुङ छेस्काममा सेवा गरेबापत फाउण्डेशनले दुई जनालाई सम्मान गरेको हो ।
थ्यात र रोक्का कर्मचारी समायोजनको क्रममा आ–आफ्नो जिल्लामा जाने भएका छन् । ईमान्दारी र लगनशील्ताका साथ लामो समय पाँच वर्ष सम्म खटेर महाकुलुङमा सेवा गरेकोले बिदाई स्वरुप सम्मान गरिएको मेरा फाउण्डेशनका अध्यक्ष दिलिप सिंह कुलुङले बताउनु भयो । सम्मानित दुवैजनालाई वडा अध्यक्ष डेक बहादुर राईले प्रमाणपत्र वितरण गरेका थिए ।
स्थानीय बासी,विद्यार्थी तथा बुद्धि जिबिहरुले फूलको माला र खदा लगाएर सम्मान गरेका थिए । सम्मान पछि भावुक हुदै आफ्नो कार्यकालको मूल्याङ्कन गर्दै आफूहरुलाई सम्मान गरेर कहिल्यै भुल्न नसकिने ऋण लगाएको नरेन्द्र थ्यातले बताउनु भयो । आफूहरु जहा गएपनि यो ठाउँ र यहाको स्थानीयहरुको अपार मायालाई बिर्सन नसकिने बताउदै थ्यातले मेरा फाउण्डेशनका अध्यक्ष दिलिप कुलुङलाई धन्यबाद दिनुभयो ।