महाकुलुङ गाउँपालिका बुङमा कृषि पशुपंछी बिकास गुरु योजना निर्माण कार्यक्रम सम्पन्न

 

कलाखबर संवाददाता,१३,बैशाख–महाकुलुङ बुङ । महाकुलुङ गाउँपालिका बुङमा कृषि पशुपंछी विकास गुरु योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । कृषि पशुपंछीमा लगानी महाकुलुङमा सुनौलो बिहानी भन्ने मुल नाराका साथ  सो कार्यक्रमको आयोजना गरिएको हो । महाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु र कृषि तथा पशुपंछी सेवा शाखा कार्यलयको संयुक्त आयोजनामा कृर्षकलाई लक्षित गरि कृषि विशेषकज्ञ डा. मदन राईको प्रमुख आतिथ्यमा यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा पाँचवटै वडाका प्रतिनिधिहरु तथा विभिन्न जिल्लाका कृषि बिशेषकज्ञहरु समेतको उपस्थिति रहेका थिए । समृद्ध महाकुलुङ निर्माण गर्न महत्वपूर्ण आधारको रुपमा लिइएको कृषि तथा पशुपंछी क्षेत्रलाई योजनाबद्ध ढंगले सञ्चालन गर्न र जीवन निर्वाहमुखी उत्पादन प्रणालीलाई ब्यावसायीक तथा आधुनिक प्रणालीमा लैजाने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको गाउँपालिका प्रमुख सागर किराँतीले वताउनु भयो ।

महाकुलुङ गाउँपालिकाको ५ वटै वडाका सबै कृषकहरुलाई लक्षित गरि यो कार्यक्रमको अवधारणा ल्याइएको समेत किराँतीले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न बिशेकज्ञहरुले आ आफ्नो प्रस्तुति दिएका थिए । खेतीपाती गर्नु भन्दा अगाडी आश्यक तत्व र माटोको गुणहरु कृर्षकले बुझ्नु पर्ने कृषि विशेषकज्ञ डा. मदन राईले वताउनु भयो । कृषि तथा पशुपंछी सेवा शाखा प्रमुख डा. बिर्ख राज कुलुङको अवधारणा बमोजिम यो कार्यक्रम तयार गरिएको हो ।

जव अफू महाकुलुङ क्षेत्रमा प्रवेश गरेर काम गर्दै जादा बढी मात्रा कृषिको धेरै राम्रो सम्भावना देखेर नै यो अवधारणा ल्याइएको डा. कुलुङको भनाई थियो । करिब ९० प्रतिशत भन्दा बढी यस क्षेत्रका मानिसहरु कृषि पेशामा लागेको भएपनि परम्परागत कृषिलाई नै अंगालदै आएकोले दीर्घकालीन गुरु योजना ल्याइयो भने यसले आधुनिकीकरण तर्फ लैजान सकिन्छ कि भन्ने उद्देश्यले नै गाउँपालिका कार्यलय सहितको सहकार्यमा यो कार्यक्रम तयार गरिएको समेत कुलुङले जानकारी दिए ।

कार्यक्रममा छात्रा वृद्धि कोषको स्थापना समेत गरिएको छ । यो कोषबाट उठेको रकमले महाकुलुङ गाउँपालिकामा कृषि प्राविधिक उत्पादनका लागी सहयोग गर्ने भएको छ । जनप्रतिनिधिहरु,विभिन्न क्षेत्रका कर्मचारीहरु तथा अन्य दाताहरुबाट सुरुआटको दिनमा नै ३०,००० हजार रकम उठेको छ ।

दक्ष जनशक्ति तथा कृषि प्राविधिक उत्पादन गर्ने अभियान अन्र्तगत सुरुआटको दिनमा सबैजनाबाट यत्ति धेरै रकम उठेको देख्दा आफूलाई धेरै खुशी लागेको डा. बिर्ख राज कुलुङले बताए । कार्यक्रममा कृषि क्षेका विशेषज्ञ र कृषकहरु गरि करिब दुई सय जनाले सहभागीता जनाएका थिए ।