पुजा शर्मा र आकाश श्रेष्ठको जोडी जम्ने तयारी

कलाखबर संवाददाता,७,बैशाख–काठमाण्डौं । दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘तिमीसँग’ फेम्ड निर्देशक शिशिर राणा अहिले नयाँ फिल्म ‘पोई पर्यो काले’ को तयारीमा छन् । यसमा केही दिन अगाडि मात्र सिल्भर स्क्रिनमा अत्याधिक रुचाइएको जोडी पूजा शर्मा र आकाश श्रेष्ठ अनुबन्ध भएका थिए । फिल्ममा दुईको जोडी बाँधिदैछ । यसबीच, फिल्ममा अभिनेता सौगात मल्लको पनि प्रवेश भएको छ ।

बिहीवार सौगातले उक्त फिल्म साइन गरेका हुन् । प्राप्त जानकारी अनुसार, यो फिल्मको कथा सौगातको वरपर घुम्नेछ । हाल उनको अपोजिटका लागि निर्माण टिम नायिकाको खोजीमा छ । फिल्ममा सौगातको जोडीको रुपमा सुष्टि श्रेष्ठ हुने चर्चा छ । उनीहरु अफस्क्रिन जोडी हुन् । यद्यपि, यस विषयमा निर्माण टिमले कुनै जानकारी दिएको छैन ।

जेठबाट फ्लोरमा जाने बताइएको फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापा हुन् । रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेको फिल्मका निर्माता दिपक मनाङ्गे हुन् । फिल्ममा पुरुषोत्तम न्यौपाने र शिव गौतमको संगीत रहनेछ । निर्देशक राणाले रुप भन्दा पनि मन राम्रो हुनुपर्छ भन्ने कथालाई फिल्मले प्रस्तुत गर्ने बताएका छन् ।

यो फिल्ममा पूजा र आकाशको तेस्रो पटक सहकार्य हुन लागेको हो । यसअघि यी दुई अभिनीत फिल्म ुरामकहानीु गत वर्ष प्रदर्शनमा आएको थियो । अहिले उनीहरु दोस्रो प्रोजेक्ट ुसम्हालिन्छ कहिले मनु मा व्यस्त छन् । पहिलो पटक सौगात, पूजा र आकाशलाई स्क्रिनमा हेर्न निकै रोचक हुने देखिन्छ । फिल्म आउँदो कात्तिक ८ गते प्रदर्शनमा आउनेछ ।