Logo

घरेलु तथा साना उद्योग बिकास समिति सोलुखुम्बु र सिर्जनशील गोदावरी महिला समाजद्वारा होजियारी तालिम सञ्चालन


 

कलाखबर संवाददाता,२,बैशाख–सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखुकिपे गाँउपाललिका चौलाखर्कमा घरेलु तथा साना उद्योग बिकास समिति सोलुखुम्बु र सिर्जनशील गोदावरी महिला समाजद्वारा होजियारी तालिम सञ्चालन गरिएको छ । यो तालिम चैत्र २० गते औपचारिक रुपमा गाँउपालिका प्रमुख डम्बर बहादुर बस्नेतले उद्घाटन गर्नु भएको थियो ।

औपचारिक रुपमा उद्घाटन गरिएको कार्यक्रममा लिखुपिके गाँउपालिका उप–प्रमुख प्रमिला कार्की बस्नेत र वडा अध्यक्ष पुण्य बहादुर बस्नेत क्रमशं प्रमुख अतिथि र बिशेष अतिथिको रुपमा रहेर कार्यक्रमको शोभा बढाएका थिए । उद्घाटन समारोमा बोल्दै गाँउपालिका प्रमुख डम्बर बहादुर बस्नेतले महिलाहरुको जीवनशैली परिवर्तनका लागी यो तालिम अपरिहार्य रहेको बताउनु भयो ।

उत्साह र महत्वका साथ यो सीप सिक्नुस् अनि ब्यवहारमा उर्तानुस् त्यसमा हातेमालो गर्दै सहयोग गर्न गाँउपालिका तयार छ, बस्नेतले भन्नु भयो । ९ जना सहभागी रहेको तालिम निकै उत्साहजनक तरिकाबाट सञ्चलन भइरहेको उद्यम बिकास सहजकर्ता इलम महताराले कलाखबरलाई जानकारी दिनुभयो । तालिमको मुख्य उद्देश्य नै महिलाहरुलाई सक्षम बनाई आफ्नो खुट्टामा उभिनु सिकाउनु रहेको उहाले बताउनु भयो ।

यो तालिम अन्र्तगत महिलाहरुलाई टोपी,स्वीटर,मोजा,गल्बन्दी,पञ्जा जस्ता बुन्ने सीप सिकाइने प्रशिक्षक कमला कटुवालले बताइन् । उप–प्रमुख प्रमिला कार्कीले सहभमागी सबैलाई शुभकामना दिनुभयो । साथै उहाले अहिलेको समयमा हरेक महिलाको हातमा सीप हुनु नितान्त आवश्यक रहेको बताइन् ।

तपाईहरु समुह बनाएर काम गर्नुस् आश्यक सहयोग गर्न गाउँपालिका सरकार तयार छ,कार्कीले भन्नुु भयो । साथै अहिले महिला उद्यमीहरुका लागी छुट्टै बजेट बिनियोजन हुदै आएको समेत जानकारी दिनुभयो । अर्को वडा अध्यक्ष पुण्य बहादुर बस्नेतले जति तालिम लिनुहुन्छ,त्यति नै ब्यवहारमा पनि उर्तानुस् भन्नु भयो ।

तालिम लिए भन्ने मात्र नहोस्, साँच्चिकै तपाईहरुको जीवनशैली परिवर्तन भएको हामी देख्न पाऊ भन्दै शुभकामना समेत दिनुभयो । उत्साह जनक सीप सिक्नुस् अनि आवश्य थप तालिमको माग गर्नुस् हामी सक्दो सहयोगको पहल गर्नेछौं भन्नु भयो । यो तालिम जेष्ठको पहिलो हप्ता समापन गरिने उद्यम बिकास बिकास सहजकर्ता ईलम महताराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्