Logo

लिखुपिके गाँउपालीकामा बेमौसमी तरकारी खेती तालिम सम्पन्न



कलाखबर संवाददाता,१,बैशाख–सोलुखुम्बु । लिखुपिके गाँउपालीका वडा नं ३ चौलाखर्कमा बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग बिकास समिति सोलुखुम्बु र सिर्जनशिल गोदावरी महिला समाजको शाखा कार्यलय सोलुखुम्बुको संयुक्त आयोजनामा पाँच दिने तालिम सम्पन्न गरिएको हो । तालिममा ८ जना उद्यमीहरुले सहभागीता जनाएका थिए ।

सहभागीहरुलाई प्रशिक्षक सुबिता थामीले तालिम दिएकी थिइन् । उनकी सिकाईबाट सहभागी सबै हर्षित भएका थिए । चैत्र २५ गतेबाट उद्घाटन गरि २९ गते सो तालिम समापन गरिएको थियो । सो तालिमको उद्घाटन र समापन दुवै उद्यम बिकास सहजकर्ता इलम महताराले गरेको थिए ।

यो भन्दा अगाडीको उद्यमशिल्ता बिकास तालिम उद्यम बिकास सहजकर्ता इलम महतारा र सुनिता राईले सञ्चलन गरे पश्चात यो तेस्रोचरण अन्र्तगतको तालिम थियो । दुवै सहजकर्ताको मौलिक कला सिकाई उत्कृष्ट र राम्रो लागेको सहभागीहले बताए । यो तालिम अन्र्तगत बेमौसमी तरकारी खेती, यसको फाइदा,नर्सरी सम्बन्धी जानकारी,माटोको पहिचान ,महत्व र फाईदा तथा ब्यावसायीक तरकारी खेती गर्दा आईपर्ने समस्याहरुको बिषयमा प्रशिक्षण दिइएका दिए ।

यो तलिम अत्ति नै प्रभावकारी भएको वडा अध्यक्ष पुण्य बहादुर बस्नेतले बताउनु भयो । साथै यसले चौलाखर्क भित्रका सबै महिलाहरुको जीवनमा परिवर्तन ल्याउने समेत बिश्वास ब्यक्त गर्नु भयो । महिलाहरु आफु सक्षम भयो भने घरब्यवहार चलाउन समेत धेरै सजिलो हुने बताउनु भयो । यस्तो महत्वपूर्ण सीपमुलक कार्यक्रम ल्याएकोमा आयोजक दुवै संस्थालाई धन्यबाद दिदै फेरि पनि आगामी बर्ष यस्तै कार्यक्रम ल्याउन आग्रह समेत गर्नु भयो ।

अर्का सहभागी भीम कुमारी बस्नेतले आफूहरुले अहिले सम्म कुनै तालिम नलिएको र यस विषयमा कुनै ज्ञान पनि नभएको बताउदै, अब भने यो तालिमले थप ऊर्जा मिलेको बताइन् । हामीले नयाँ सीप सिक्यो,अब हामी आफै बेमौसमी तरकारी उब्जाएर खान्छौं भन्नुभयो । अर्का सहभागी पबिना बस्नेतले पनि हामीले नयाँ सीप सिक्न पायौं साह्रै खुशी लाग्यो,अब हामी सफल उद्यमी भएर जीवन शैली परिवर्तन गर्छौ भन्नु भयो ।

यस किसिमको तालिम निकै प्रभाबकारी रुपमा हाल विभिन्न जिल्लाहरु, सोलुखुम्बु, गोरखा,नुवाकोकट काठमाण्डौं,भक्तपुर, ललितपुर धादिङ लगायतका विभिन्न जिल्लाहरुमा सञ्चालन गरिरहेको सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्रका अध्यक्ष राम नाथ पोख्रेलले जानकारी दिनु भयो । सबै जिल्लाको कार्यक्रहरु निकै प्रभावकारी रुपमा सञ्चालन भइरहेको समेत उहाँले बताउनु भयो ।

विगत केही समयदेखि धेरै भन्दा धेरै यस किसिमको कार्यक्र्रम सञ्चालन गर्न सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र र सिर्जनशील गोदावरी महिला समाज ललितपूर सफल भई रहेको समेत उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्