Logo

सोलुखुम्बुको विमान दुर्घटनामा भएको मृतक र घाइतेको पहिचान खुल्यो, हेलिक्प्टर र बिमान चालक गुरुङ र रोकायाको अवस्था गम्भिर


कलाखबर संवाददाता,१,बैशाख–सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङहिलारी विमास्थलमा भएको दुर्घटनामा ज्यान गुमाउने र घाइतेको पहिचान खुलेको छ । नयाँ बर्षकै दिन आइतबार बिहान ९ बजेर २० मिनेटमा समिट एयरको विमान, मनाङ एयरलाइन्सको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

सो दुर्घटमा ज्यान गुमाउनेहरुमा,समिट एयरलाइन्सका चावहिल काठमाण्डौं निवासी ३४ बर्षिय को पाइलट सुजित ढुङगाना, पर्यटन प्रहरी कार्यालय लुक्लामा कार्यरत दोलखाका ३९ वर्षीय प्रहरी सहायक निरीक्षक राम बहादुर खड्का र भोजपुर घर भएका प्रहरी सहायक निरीक्षक ४२ वर्षिय रुद्र श्रेष्ठ रहेको लुक्ला प्रहरी स्रोतले जनाएको छ ।

घाइते हुनेमा काठमाण्डौं निवासी समिट एयरलाइन्सका पाइलट, रविनाथ रोकाया र मनाङ एयरलाइन्सको हेलिकप्टरका चालक ललितपुर भैँसेपाटीका ४८ वर्षिय चेब बहादुर गुरुङ रहेको खुल्न आएको छ । त्यस्तै अरु घाइतेहरुमा मनाङ एयरलाइन्स लुक्लाका स्टेशन म्यानेजर खुम्बु पासाङल्हामु गाउँपालिका २ का ४३ वर्षीय लाक्पा छिरिङ शेर्पा र मनाङ एयरलाइन्सकै कर्मचारी खुम्बु पासाङल्हामु गाउँपालिका २ का ५५ वर्षीय स्याङबुचे कार्की रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुमध्ये रोकाय र गुरुङको अवस्था गम्भीर छ भने शेर्पा र कार्कीको अवस्था सामान्य रहेको जानकारीमा आएको छ । घाइतेहरुको उपचार ग्राण्डी अस्पताल काठमाण्डौंमा भइरहेको सोलुखुम्बुका प्रहरी प्रमुख शालिग्राम शर्माले जानकारी दिनुभयो ।

बिहान पर्यटक लिन रामेछापको मन्थली विमानस्थल उड्न लागेको विमान करिब २ सय मिटर पर पुगेपछि मनाङ एयरलायन्स हेलिकम्टरसँग ठोकिदा, धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका स्टेशन इन्चार्ज इमानाथ अधिकारीले जानकारी दिनुभयो । विमानमा चालक र सहचालक तथा एक जना एयरहोस्टेस रहेको समेत अधिकारी बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्