Logo

रसुवा र नुवाकोटको सीमाना केन्द्र विन्दु भएर ४ दशमलब ६ स्केल रेक्टरको भुकम्प गयो ।


कलाखबर संवाददाता,३०,चैत्र–काठमाण्डौं । शनिबार बिहान १० बजेर २५ मिनेटमा रसुवा र नुवाकोटको सिमाना केन्द्र बिन्दु भएर ४ दशमलब ६ स्केल रेक्टरको भुकम्प गएको छ । नयाँ बर्ष अर्थात बैशाख १२ नजिकिदै गर्दा पहिलेकै २०७२ सालको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

ठूलो भूकम्पपछि साना परकम्प दोहोरि रहने भएकोले सावधानी अपनाउनुपर्ने तर आत्तिनु नपर्ने केन्द्रले जनाएको छ । वि.स. २०७२ सालको भुकम्पले त्रासीत बनाई स्थानीय पराकम्पनबाट आत्तिएको हाम्रो नुवाकोट संवाददाता सरिना तामाङले जानकारी दिनुभयो । सबैलाई खाना खाने समयमा पराकम्पन गएकोले कराउदै स्थानीय बाहिर निस्केको उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्