Logo

सोलुखुम्बुको नाम्चे होटलमा एसोसिएनशनको नामबाट मनपरी पर्यटकसँग रकम असुल्नेलाई पक्राउ गर्न जिल्ला प्रशासनको आदेश



कलाखबर संवाददाता,३०,चैत्र–सोलुखुम्बुु । सोलुखुम्बु  नाम्चे आसपासका विभिन्न होटलमा एसोसिएशनको नामबाट मनपरी पर्यटकसँग रकम असुल्नेलाई पक्राउन गर्न जिल्ला प्रशासन कर्यालयले आदेश जारी गरेको छ । काउन्टर नै खडा गरि मनोमानी पर्यटकसँग पैसा उठाँउदै आएको एसोसिएशनको काउन्टरलाई केही समय अघि प्रशासनले भत्काई दिएपछि होटलमा नै गएर पैसा उठाउने गरेको पाइएको छ । खुम्बु क्षेत्रमा आउने पर्यटकहरुलाई कोठा भाडाको नाममा एसोसियशनले रकम लिने क्रम नरोकिएको गुनासो व्यापक बढेपछि प्रशासनले पक्राउ गर्न आदेश दिएको हो ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले होटलले व्यक्तिगतरुपमा कोठा भाडा लिन पाउने भए पनि कुनै सघं, सगंठन दर्ता गरी रकम लिनु गैरकानुनी कार्य भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रानाका अनुसार, एक हप्ताभित्र एसोसियशनका सम्बन्धित व्यक्ति जिल्ला प्रसाशन कार्यलयमा उपस्थित हुन बोलाइएको थियो । तर समयको बेवास्ता गर्दै रकम संकलनको कार्य नरोकिएकाले तत्काल पक्राउ गर्न प्रशासनले आदेश दिएको हो ।

खुम्बु क्षेत्रमा केही समयदेखि होटल एसोसियशनले कोठा भाडाको नाममा पर्यटकहरुबाट रकम लिँदै आएका छन् । पर्यटकहरुसगँ मनोमानी तवरले रकम लिँदा नेपालको समग्र पर्यटन क्षेत्रमा समेत असर पर्ने भएकाले यसलाई नियमन गर्न प्रशासन बाध्य भएको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले जनाएको छ ।

उनीहरुले सामान्य कोठाका लागि ५ सय र बाथरुमसहितको कोठाका लागि एक हजार रुपैयाँ लिँदै आएका छन् । मनपरी उठाएको रकम के मा खर्च गरिएको छ ? त्यो पनि स्रोत खुलाइको छैन । मनोमानी रुपमा रकम लिने काम अहिले पनि जारी रहेको खुम्बु पासाङ ल्हामु गाउँकार्यपालिका सदस्य उमा बराइलीले बताउनुभयो । रकम असुलीमा स्थानीय जनप्रतिनिधिहरुको समेत संलग्नता देखिएको खुम्बु क्षेत्र भ्रमणमा आउने पदप्रदर्शकदेखि पर्यटकले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्