नयाँ बर्ष १ गतेको दिन शुभ जन्मत्सव मनाउदै, कलाकार मनिष श्रेष्ठ

कलाखबर संवाददाता,चैत्र,२८–काठमाण्डौं । बहुमुखी प्रतिभाको धनी गायक,मोडल,कोरियोग्राफर तथा कलाकार मनिष श्रेष्ठले नयाँ बर्षको दिन आफ्नो शुभ जन्मत्सव मनाउने भएको छ । श्रेष्ठले आफ्नो पm्यानहरु, आफ्ना कलाकार मित्रहरु तथा मिडियाकर्मीहरुको माझमा आफ्नो शुभ जन्मत्सव मनाउन लागेको हो ।
यो बर्ष भक्तपुरको कल्याण बृद्धा आश्रममा गएर आफ्नो जन्मत्सव मनाउन लागेको कलाकार श्रेष्ठले कलाखबरलाई जानकारी दिनु भयो । हरेक बर्ष आफ्नो जन्मत्सव मनाउदै आएको श्रेष्ठले यो बर्ष भने अलि बिशेष तरिकाले नै नयाँ बर्षको पावन अवसरसँगै मनाउन लागेको बताउनु भयो ।
आफ्नो जन्मत्सवको अवसरमा मित्रजनहरुसँगको भेटघाटले सम्वन्धलाई अझ प्रगात बनाउने र जसले आफ्नो कलाकारिताको दायारालाई फराकिलो बनाउने विश्वास समेत ब्यक्त गर्नु भयो ।