काँधमा खुट्टा राखी बाईक हाँकेर फेरि बिश्व कृर्तिमानी कायम गर्दै,कलाकार मनिष श्रेष्ठ
कलाखबर संवाददाता, २८,चैत्र–काठमाण्डाौं । एउटा खुट्टा काँधमा,अर्को खुट्टा ह्यान्डलमा अनि एउटा हातमा नेपाली झण्डा बोकेर राजधानी काठमाण्डौंको रिङ रोडमा बाईक हाँकेर कलाकार मनिष श्रेष्ठले फेरि बिश्व कृर्तिमानी कायम गर्ने भएको छ । लाइन्स् कलब लोड बुद्धले आयोजना गर्न लागेको यही बैशाख ७ गतेको कार्यक्रमसँगै श्रेष्ठले फेरि यो अभियान चलाउन लागेको हो ।
कार्यक्रम बिहान ९ बजेदेखि बेलुका ५ बजे सम्म हुने भएको छ । नेपाल सरकारका उच्च पदाधीकारी, ख्याती प्राप्त कलाकारहरु तथा विभिन्न पत्रकारहरुको बाग्लो उपस्थितिमा राजधानी काठमाण्डौंको कोटेश्वर, सात दोबाटो हुदै कलङ्की सम्मको रिङरोड परिक्रमा गर्ने श्रेष्ठले कलाखबरलाई जानकारी दिनुभयो ।
यो अभियानबाट गिनीजबुकमा नाम लेखाएर वल्ड अफ् रेकर्ड राख्न लागेको समेत श्रेष्ठले बताउनु भयो । गृहमन्त्रीको उपस्थितिसँगै सुरक्षाकर्मीहरुले उनलाई पहरा दिने भएको छ । उदयपुर जिल्लामा जन्मिनु भएका श्रेष्ठ बहु आयमीक ब्यतित्वको रुपमा चिनिन्छ । सानै उमेरदेखि कलाकारीता क्षेत्रमा सुनौलो सपना बोकेर अगाडी बढेका उनी बिशेष त कोरियोग्राफर भनेर चिनिन्छ ।
तथापी उनले विभिन्न गीत संगीत गर्नुका साथै विभिन्न गीतमा मोडलीङ समेत गरिसकेका छन् । सयौ गीतमा निर्देशन समेत गरिसकेका श्रेष्ठले चमत्कारी तरिकाबाट बाईक हाँकेर फेरि अर्को नयाँ प्रतिभा देखाएर देशको नाम उच्च राख्ने चाहाना भएको बताउनु भयो । जसका लागी नेपाल सरकारले पूर्णरुपमा अनुमती दिइसकेको उहाले जानकारी दिनु भयो ।