Logo

थुलुङ दुधकोशीमा दुई महिने सिलाई कटाई तालिम समापन सँगै प्रशिक्षकलाई बिदाई


कलाखबर संवाददाता,२७,चैत्र,थुलुङ दुधकोशी–सोलुखुम्बु । थुलुङ दुधकोशी गाँउपालिका वडा नं ३ मा दुई महिने सिलाई कटाई तालिम समापन गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समिति सोलुखुम्बु र थुलुङ दुधकोशी गाँउपालिका वडा नं ३ को संयुक्त आयोजनामा सञ्चालित दुई महिने तालिम २६ गते मंगलबार समापन गरिएको हो ।

समापन कार्यक्रमसँगै प्रशिक्षक यानु राईलाई बिदाई समेत गरिएका थिए । जम्मा २० जना सहभागीहरुले तालिममा भाग लिएका थिए । औपचारिक रुपमा समापन गरिएको कार्यक्रममा वडा अध्यक्ष भुपाल ध्वज राई सभा अध्यक्ष र घरेलु तथा साना उद्योग बिकास समिति सोलुखुम्बुका सूचना अधिकारी कुमार लामा बिशिष्ट अतिथिको रुपमा रहेर कार्यक्रमको शोभा बढाएका थिए ।

तालिममा सहभागी सबै जनालाई सभा अध्यक्ष भुपाल ध्वज राई र बिशिष्ट अतिथि कुमार लामाले प्रमण पत्र बितरण गरेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष भुपाल ध्वज राईले सफल्ता पूर्वक सीप सिकेर प्रमाण पत्र हात पार्न सफल भएकोमा सहभागी सबैलाई बधाई दिनु भयो । यो दुई महिना सिकेको सीपले सबै सहभागीहरुलाई स्वालम्बी र एक सफल उद्यमी बन्ने पूर्ण बिश्वास रहेको समेत राईले ब्यक्त गर्नु भयो ।

सही ढङ्गबाट आफूहरुले सिकेको सीपलाई व्ब्यावहारमा उतारेर फेरि आर्को नयाँ आयाम मुलक सीप सिक्न चाहेमा हरपल स्थानीय जनप्रतिनिधिहरु सहयोग गर्न तयार रहेको बताउनु भयो । अध्यक्ष राईको भनाईलाई उदृत गर्दै, आफूले सिकेको सीपलाई सदुपयोग गरि आयमुलक ब्यवसाय गर्न चाहेमा ८० प्रतिशत छुटमा आवश्यक सामाग्री दिन घरेलु तथा साना उद्योग बिकास समिति पनि तयार रहेको सुचना अधिकारी कुमार लामाले बताउनु भयो ।

आगामी दिनमा यो कार्यक्रमलाई प्रभावकारी बनाउनुहोस् हामी अवलोकन र मुल्याङ्कन गर्छौ, अनि थप तालिम र सहयोग पनि गर्छौ भन्नु भयो । लामाले त्यसो भन्दै गर्दा सबै सहभागीहरुको मुहारमा निकै खुशी छाएको प्रष्टै देखिए ।

हरेक पहुचको हिसाबले महिला सहभागीता बढाउनुका साथै उनीहरुलाई सक्षम बनाई आत्मा स्वालम्बी बनाउनुु यो कार्यक्रमको मुल उद्देश्य रहेको घरेलु तथा साना उद्योग बिकास समिति सोलुखुम्बुका उद्योग अधिकृत उमेश वाग्लेले बताउनु भयो ।

महिलाहरु सक्षम भएर सफल उद्यमी भएमा,सबै गाँउ ठाँउको आर्थिक स्तर उकास्न सकिन्छ भन्ने हेतुले हाल सोलुखुम्बुका सबै गाँउपालीकामा यस किसिमको कार्यक्रम सञ्चालन गरिरहेको समेत उद्योग अधिकृत उमेश वाग्लेले कलाखबरलाई जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्