Logo

नेचा सल्यानमा दश दिने उद्यमशीलता तालिम उद्घाटन


कलाखबर संवाददाता,२६,नेचा सल्यान–सोलुखम्बु । नेचा सल्यानमा दश दिने उद्यमशीलता तालिम उद्घाटन गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समिति सोलुखुम्बु र सामुदायिक सिकाई केन्द्र नेचा सल्यान गाँउपालिकाको संयुक्त आयोजनामा सो तालिम सञ्चालन गरिएको हो ।

तालिममा १६ बर्ष देखि ५० बर्ष सम्मको उमेर भएकालाई सहभागी हुन पाउने भएका छन् । नेचा सल्यान गाँउपालीका वडा अध्यक्ष भेष कुमार बास्तोलाको सभा अध्यक्षमा तालिम उद्घाटन गरिएको थियो । बास्तोलाले ब्यानर पढेर तालिमको उद्घाटन गर्नु भएको थियो ।

उद्घटन पछि तालिममा सहभागीहरुलाई शुभकामना दिदै उत्साह र जोस जाँगरका साथ तालिममा सीप सिक्न आग्रह गर्नु भयो । यो सीप अरुको लागी नभएर आफ्नै लागी सिक्दैछुु भन्ने सम्झेर ब्यावहारमा उर्तान समेत आग्रह गर्नु भयो ।

बास्तोलाले खाजा नास्ता र कतै भत्ता पाईन्छ की भन्ने आशले मात्रै हो भने बरु यो तालिममा सहभागी नहुुन आग्रह गर्नु भयो । घरेलु तथा साना उद्योगका सुचना अधिकारी कुमार लामाले कार्यक्रममा बोल्दै सबैलाई ब्यवहारिक सीप सिक्न आग्रह गर्नु भयो ।

यो तालिमको मुख्य उद्देश्य नै कसरी ब्यवसायीक बन्ने ?कसरी सफल उद्यमी बन्ने र कसरी आत्मा निर्भरता कायम गर्न सकिन्छ ? भन्ने रहेकोले भित्रैदेखि ईच्छा शक्ति भएर तालिमको अवधीभर रहन आग्रह गर्नु भयो ।

तलिममा १६ जना सहभागी रहने भएका छन् । सहभागीहरुलाई प्रशिक्षक सम्झना घिमिरे र घरेलु तथा साना उद्योग बिकास समितिका उद्यम बिकास सहजकर्ता सुस्मिता मगरले सञ्चालन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्